३३ किलो सुन प्रकरण

‘मालिकको सुरक्षाका लागि भरिया समात्ने नाटकको अन्त्य, अब नाइके नै फन्दामा’

बिहिबार, १० जेठ २०७५, १५ : ३८ दिलबहादुर छत्याल

धनगढी– गृहमन्त्री रामबहादुर थापाले साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त छिट्टै पत्ता लाग्ने बताएका छन्। 

धनगढीमा आयोजित पत्रकार भेटघाटमा मन्त्री थापाले हिजोका दिनमा तस्करी गर्नेका भरियालाई समातेको नाटक गरिने गरेको भन्दै अब अपराधका नाइकलेलाई नै समात्ने बताए। 

‘मालिकको सुरक्षाका लागि भरिया समातेको नाटक गर्ने गरिन्थ्यो, अब नाइके नै हामी समात्ने छौं, हामीले त्यो अभियान शुरु गरिसकेका छौं’, उनले भने, ‘अहिलेको समयमा अपराधीको अन्तिम छटपटाहट हो।’

सुन तस्करीमा गोरे भनिने चुडामणी उप्रेतीलाई समातिएको र अब माथिका ठुला माछा पनि सरकारले समात्ने उनले स्पष्ट पारे।

विप्लव माओवादीलाई संविधान विरोधी र राज्य विरोधी शक्तीको रुपमा परिभाषित गरिराखेको उल्लेख गर्दै गृहमन्त्री थापाले राजनीतिक रुपमा र प्रशासनिक प्रक्रियाबाट समस्याको हल गरिराखेको जानकारी दिए।

विकास निर्माणको जिम्मा लिएका निर्माण व्यवसायीले ढिलासुस्ती गरेमा, भ्रष्टाचार गरेमा र अलपत्र छोडेमा कानूनको उल्लंघन हुने उल्लेख गर्दै कानूनको उल्लंघन गर्नेलाई सरकारले नछोड्ने उनले चेतावनी दिए।

देशको विकास र समृद्धिका लागि अपराध, भ्रष्टाचार, अनियमितता र तस्करी अन्त्य गरेरै छाड्ने उनको अठोट छ।






यसमा तपाईको मत

अन्य समाचार

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

ओरिजिनल विन्डोज र क्रयाक गरेको विन्डोज - फरक के ?

क्रयाक गरेको विन्डोज प्रयोग गर्नुको बेफाइदा के त ? ...

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

मंसिर २ गते बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प प्रारम्भ

नेपालको लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजू अटोवर्कसले मंसिर २ बाट महिन्द्रा फोर ह्वील गाडीहरुका लागि “महिन्द्रा...

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

सूर्याेदय नगरमा पर्यटन महोत्सव हुने

प्रथम सूर्याेदय नगर पर्यटन महोत्सव २०७६ आयोजना हुने भएको छ । इलामको सूर्याेदय नगरपालिकाको आयोजनामा मंसिर १४ देखि १८ सम्म...

जनताको निक्षेपमा खेलबाड नगर्नुस्: अर्थमन्त्री खतिवडा

जनताको निक्षेपमा खेलबाड नगर्नुस्: अर्थमन्त्री खतिवडा

अर्थमन्त्री युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थालाई सर्वसाधारणको निक्षेपमा खेलवाड नगर्न आदेश दिएका छन् । ...

कटारीमा यामाहाको नयाँ सोरुम

कटारीमा यामाहाको नयाँ सोरुम

सहरमा बढ्दै गरेको यामाहा बाइकको उच्च मागलाई पूरा गर्ने उद्देश्यका साथ यामाहाले कटारीमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । ...

चन्द्रागिरि हिल्स रिसोर्टलाई अन्तर्राष्ट्रिय अवार्ड

चन्द्रागिरि हिल्स रिसोर्टलाई अन्तर्राष्ट्रिय अवार्ड

चन्द्रागिरिस्थित चन्द्रागिरि हिल्स रिसोर्टलाई यस वर्षको ‘अन्तर्राष्ट्रिय हस्पिटालिटी एन्ड ट्राभल अवार्ड २०१९’ प्रदान गरिएको छ । ...

सुजुकीको ‘एस–प्रेसो’ अब नेपालमा

सुजुकीको ‘एस–प्रेसो’ अब नेपालमा

नेपालका लागि सुजुकी ‘फोर–ह्विलर’ तथा सिजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाली बजारमा बहुप्रतिक्षित मिनी एसयुभी ‘एस–प्रेसो’, ‘माई फस्र्ट एसयुभी’...

मोटोरोलाको नयाँ र अभिनव रेजर स्मार्टफोन

मोटोरोलाको नयाँ र अभिनव रेजर स्मार्टफोन

पुरानो रेजर फोन कै डिजाइनमा आधारित भएर यस नयाँ डिजाइनलाई निर्माण गरिएको छ ...

Ncell Footer Ad