७ वैशाख २०८१ शुक्रबार
समाज

सिँचाइ मन्त्रालयद्वारा बाढी–पहिरोको अनुगमन टोली गठन

काठमाडौं– वर्षातसँगै देशमा शुरु भएको बाढी पहिरोको अनुगमन तथा उद्धार गर्न सिँचाई मन्त्रालयले ७ सदस्यीय अनुगमन टोली गठन गरेको छ।

जल उत्पन्न प्रकोप नियन्त्रण विभागका उपमहानिर्देशक प्रदीप पाठकको संयोजकत्वमा गठन भएको टोलीले बाढी पहिरोमा परेकालाई उद्धार गर्नुको साथै अनुगमन गर्ने सिँचाई मन्त्री उमेशकुमार यादवले जानकारी दिए।

देशैभरी आएको बाढी पहिरोको बारेमा छलफल गर्न मन्त्री यादवले बुधबार मन्त्रालयमा सचिव गजेन्द्र ठाकुर, सिँचाई विभागका महानिर्देशक रमानन्द यादव, जलउत्पन्न विभागका निरञ्जन देव पाण्डेलाई डाकेका थिए। सोही छलफल पनि उनले टोली गठन गरेका हुन्।   

साथै, जिल्लाका डिभिजन कार्यालयहरुलाई पनि बाढी पहिरोको अनुगमन गरी केन्द्रमा रिर्पोट गर्न निर्देशन दिएको छ। हिजो दिनभरीको वर्षाले झापा, मोरङ, सुनसरीमा आएको बाढीले धनजनको क्षति भएको छ।

 

प्रकाशित: ८ असार २०७३ १०:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App