हावाहुरीले साढे ४ करोडको केरा खेती नोक्सान

बिहिबार, १० जेठ २०७५, ०९ : ५५ पुष्पराज जोशी

 

कैलाली– कञ्चनपुरमा ३५ हेक्टर क्षेत्रफलमा लगाइएको ८९ हजार दुई सय ५० वटा बयस्क केराका बोट ढलेका छन् ।

धनगढी – गत वैशाख ३० गते राति चलेको हावाहुरीले कैलाली, कञ्चनपुरका किसानले लगाएको केरा खेतीमा ठूलो क्षति पुर्याएको छ । यहाँका आठ सय किसानले लगाएको केरा खेतीमा चार करोड ४६ लाख २५ हजार रुपैयाँ बराबरको क्षति भएको हो । केरा खेतीका लागि पकेट क्षेत्र मानिएको प्रदेश नम्बर ७ को कैलाली, कञ्चनपुरका आठ सय किसानले लगाएको ३५ हेक्टर जमिनको केरा खेतीमा क्षति पुगेको छ ।

कैलाली–कञ्चनपुर केरा किसान संघर्ष समिति अध्यक्ष सुरेन्द्र चौधरीका अनुसार हावाहुरीले ३५ हेक्टर जमिनको ८९ हजार दुई सय ५० वटा केराका बोटमा क्षति पुगेको छ । फसल दिन ठीक्क भएका बयस्क केराका बोटहरु हावाहुरीका कारण ढलेपछि केरा किसान चिन्तित बनेको बताउँदै चौधरीले भने, ‘अधिकांश किसानले बिमा नगरेका कारण लगानी डुब्ने भन्दै चिन्तित भएका छौँ ।’  हावाहुरीले फसल दिने बेलाका बयस्क केराका बोट ढालिदिएपछि चिन्तित बनेको बताउँदै कैलालीको गौरीगंगा नगरपालिका–४, राजीपुरका किसान सिचानन्द भण्डारीले भने,‘मेरो ३ बिघा जमिनमा लगाएको केराका ५ सय ५ बोट ढलेका छन् ।’ ठूलो मात्रामा फसलका लागि तयारी अवस्थामा रहेका केराका बोट ढल्दा लगानी डुब्ने चिन्ता थपिएको उनले बताए।

हावाहुरीका कारण कैलालीको लालपुर, बडेहा, अत्तरिया, चौमाला, राजीपुर, मंगलपुर, फूलबारी र कञ्चनपुरको कृष्णपुर नगरपालिका र बेलौरी नगरपालिकाका किसानको केरा खेतीमा सबैभन्दा बढी क्षति पु¥याएको संघर्ष समिति अध्यक्ष चौधरीले बताए । आफूहरुलाई हावाहुरीका कारण क्षति पुगेको केरा खेतीमा सरकारले क्षतिपूर्तिबापत सहयोग गर्नुपर्ने उनले बताए ।

किसानको रोजीरोटी भनेकै केरा खेती भएको बताउँदै उनले भने,‘भएभरको जमिनमा अन्नबाली छोडेर केरा खेती गर्यौँ, त्यो पनि फसल दिने बेलामा हावाहुरीले क्षति पुर्याउँदा साँझ–बिहानको हातमुख जोर्न समस्या हुने भयो ।’ उनले स्थानीय, प्रदेश र केन्द्र सरकारले केरा खेतीमा क्षति पुगेका किसानलाई सहयोग गर्नुपर्ने बताए ।  अर्का किसान लक्षीराम आचार्यले १० बिघा जमिनमा लगाएको केरा खेतीमा २५ लाख रुपैयाँ बराबरको क्षति पुगेको बताए । उनले भने,‘केरा खेतीको क्षतिबारे नगरपालिकालाई जानकारी गराउनुका साथै वडा कार्यालय र स्थानीय प्रहरी चौकीबाट मुचुल्का बनाइएको छ । त्यही आधारमा स्थानीय, प्रदेश र केन्द्र सरकारलाई गुहार गरेका छौँ ।’ यस्तो बेलामा सरकारले केरा खेती गर्ने किसानलाई सहयोग गरेमा मात्रै आफूहरु बाँच्न सक्ने उनले बताए।

प्रदेश नम्बर ७ का कृषि मन्त्री बिनिता चौधरीले हावाहुरीका कारण कृषि क्षेत्रमा पुगेको क्षतिको विवरण संकलन भइरहेको बताइन् । उनले भनिन्,‘सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत् कृषि क्षेत्रमा पुगेको क्षतिको विवरण माग गरेका छौँ, त्यही आधारमा फलफूल, अन्य कृषि बालीको तथ्याङ्क सार्वजनिक गर्दै सहयोगको तयारी गर्छौँ ।’ उनले हावाहुरी र असिना पानीले किसानको फसलमा पुगेको क्षति भर्पाइ गर्न मुख्यमन्त्रीको कार्यालयमा रहेको राहत कोषमार्फत् सहयोग गर्ने बताइन् । उनले भनिन्,‘यसपालिको हावाहुरी र असिना पानीले किसानको तरकारी खेती, केरा खेती, आँप तथा फलफूल र पहाडी क्षेत्रमा गहुँ, जौँ बालीमा क्षति पुगेको छ।’

कैलाली–कञ्चनपुरमा गरिने फलफूल खेतीमध्यै धेरै लगानीमा र ठूलो परिमाणमा गरिएको खेतीमा केरा खेती छ । यहाँको टीकापुर क्षेत्र केराखेतीका लागि प्रमुख नगरी नै मानिन्छ । कैलाली–कञ्चनपुरमा ११ सय हेक्टरमा केरा खेती गरिएको छ । केरा खेती हरेक वर्ष बढ्दै गइरहेको केरा किसान बताउँछन् । यसवर्ष केरा खेतीमा दैवी प्रकोपले ठूलो नोक्सानी पुर्याएका कारण बजारमा केरा अभाव हुनसक्ने आँकलन गरिएको छ ।

 






यसमा तपाईको मत

अन्य समाचार

बैंक अफ काठमाण्डू र अरुण भ्याली जलविधुत बिकास कम्पनी बिच सम्झौता

बैंक अफ काठमाण्डू र अरुण भ्याली जलविधुत बिकास कम्पनी बिच सम्झौता

बैंक अफ काठमाण्डू लिमिटेड र अरुण भ्याली जलविधुत बिकास कम्पनी लिमिटेड बिच काबेली बी वान कास्केड जलविधुत आयोजनामा सहवित्तियकरण कर्जा...

जनकपुरमा जेसीबी अपरेटर तालिम केन्द्र सुरु

जनकपुरमा जेसीबी अपरेटर तालिम केन्द्र सुरु

प्रदेश नं २ सरकार र युके एड ‘सिप कार्यक्रम’को सहकार्यमा ‘एमएडब्लु एकेडेमी फर स्किल डेभेलपमेन्ट’ले जनकपुरमा जेसीबी अपरेटर तालिम केन्द्र...

‘श्री पञ्चमीमा सानिमा बैंकको डिजिटल सौगात’

‘श्री पञ्चमीमा सानिमा बैंकको डिजिटल सौगात’

सानिमा बैंक लिमिटेडले श्री पञ्चमी (सरस्वती पूजा) को उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई विशेष योजना स्वरुप विभिन्न छुट प्रदान गर्ने भएको छ...

एभरेष्ट बैंकको नयाँ शाखा ललितपुरको सानोगाउँमा

एभरेष्ट बैंकको नयाँ शाखा ललितपुरको सानोगाउँमा

एभरेष्ट बैंकले आफ्नो सेवा विस्तारको क्रमलाई निरन्तरता दिँदै ललितपुरको सानोगाउँमा ९५औं नयाँ शाखा खोलेको जानकारी बैंकद्वारा जारी प्रेस बिज्ञप्तिमा उल्लेख...

नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी हुने

नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी हुने

मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टसले संयुक्त रुपमा आयोजना गर्दै आएको नेपाल उड इन्टरनेसनल एक्सपो तथा...

पोखरामा सिभिल बैंकको गण्डकी प्रदेश कार्यालय तथा शाखा

पोखरामा सिभिल बैंकको गण्डकी प्रदेश कार्यालय तथा शाखा

सिभिल बैंक लिमिटेडले आफ्नो गण्डकी प्रदेश कार्यालय तथा शिवचोक शाखा पोखरा महानगरपालिकाको शिवचोक–१० मा स्थापना गरेको छ । ...

वैदेशिक रोजगारको अनलाइन भुक्तानी सम्झौता

वैदेशिक रोजगारको अनलाइन भुक्तानी सम्झौता

वैदेशिक रोजगार विभाग र नेपाल क्लियरिङ हाउस (एनसिएचएल) बीच एनसिएचएलको कनेक्ट आइपिएस इ–पेमेन्ट प्रणालीमार्फत वैदेशिक रोजगार विभागकोे अनलाइन भुक्तानी संकलनका...

एपोलो टायरको ध्यान नेपालमा

एपोलो टायरको ध्यान नेपालमा

एपोलो टायरले नेपालमा आफ्नो कार्यालय स्थापना गरेको छ । ...

Ncell Footer Ad