७ वैशाख २०८१ शुक्रबार
अर्थ

विश्वकप फुटबल हेर्न टिभिसी

काठमाडौं– कोकाकोला कम्पनीले फिफा विश्वकपको ग्लोबल टिभिसी सार्वजनिक गरेको छ । जसमा नेपालका केही लोकप्रिय स्थानका दृश्य समावेश गरिएको छ।

यस टिभिसीमा सबै मानिसहरु खेल हेर्नलाई उत्सुक भएको कम्पनीले जनाएको छ ।उक्त टिभिसीको साउन्ड ट्र्याक (आर यु रेडी) विश्वकै चर्चित ब्यान्ड एसी डिसीको सन् १९९० को निकै चर्चित एल्बम ‘दी रोर्जस एज’बाट लिइएको हो ।टिभिसीको सुरुवातमा एउटा टेलिभिजन देखाइएको छ । जसमा विश्वकप फुटबलको सुरुवाति क्षण देख्न सकिन्छ । टिभिसीमा युवाहरु खेल हेर्न निकै कौतुहल भएको देख्न सकिने कम्पनीले जनाएको छ।

उक्त टिभिसीमा विश्वका धेरै मुलुकका युवाहरु कोकाकोला लिन दौडिरहेका छन् । जसमा दुई नेपालीलाई पनि देख्न सकिन्छ ।टिभिसीमा विश्वका विभिन्न लोकप्रिय स्थान देखाइएको छ । जसमा नेपालको स्वयम्भुनाथ स्तुपा, काठमाडौंको  एक डिपार्टमेन्ट स्टोर, सीतापाइला नजिकको स्थान र एक हाउजिङ कम्प्लेक्स नजिकैको झोलुंगे पुलसमेत देख्न सकिन्छ ।

 

प्रकाशित: १० जेष्ठ २०७५ ०३:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App