८ वैशाख २०८१ शनिबार
कला

‘जाइरा’मा खेलाडी नम्रता

काठमाडौं – अभिनेत्री नम्रता श्रेष्ठ फिल्ममा प्रायः प्रेमिकाका रुपमा देखिन्छिन् । फिल्म ‘क्लासिक’मा दृष्टिविहिन भूमिका होस् या थ्रिलर फ्लेबरको ‘पर्व’मा होस् उनको चरित्र प्रेमिकाकै थियो । तर नयाँ फिल्म ‘जाइरा’मा भने उनलाई मार्शल आर्ट खेलाडीको भूमिकामा देख्न सकिन्छ।

राजधानीमा मंगलबार फिल्मका कलाकार सार्वजनिक गरिरहँदा नायिका नम्रता मार्सल आर्ट खेलाडीकै लुक्समा प्रस्तुत भइन् । कपाल छोट्याएकी नम्रता श्रेष्ठ खेलाडी लुक्समा प्रस्तुत हुँदा यही फिल्मबाट ‘डेब्यू ’ गर्न लागेकी सिर्जना रेग्मी पनि खेलाडी कै लुक्समा देखिइन् । फिल्ममा सम्राट मगर नम्रताको प्रशिक्षकको भूमिकामा छन्।अभिनेत्री नम्रताले फिल्मका लागि आफ्नो ५१ किलो तौलबाट घटाएर ४३ केजी तौल बनाएको बताइन् । ‘सबै कुरा नेचुरल देखियोस् भनेर मैले तौल घटाएँ, कपाल काटे, ६ महिना एक्सन सिकें,’नम्रताले भनिन्,‘अब मैले कति मेहनत गरेको छु । त्यसको मूल्यांकन गर्ने काम दर्शकको हो ’

आशुतोष राज श्रेष्ठको निर्देशन रहेको फिल्ममा अनुपविक्रम शाही, रेमनदास श्रेष्ठ, प्रमोद अग्रहरी, सुजिता श्रेष्ठको पनि अभिनय छ । फिल्म मंसिर १४ बाट प्रदर्शनमा आउँदैछ ।ट्रेन्ड सेटर्स र हाइहिलको ब्यानरमा निर्मित फिल्मको निर्देशक श्रेष्ठ कै हो । प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको फिल्ममा लोकेश बज्राचार्यको सम्पादन, निर्देशक श्रेष्ठ र निरोज महर्जनको पटकथा तथा संवाद, कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडको संगीत, सम्राट बस्नेत, राउल मोक्तान र मेघवार चेम्जोङको द्वन्द्व, केशव थापाको नृत्य र बाबु श्रेष्ठको रहेको छायांकन छ ।

 

प्रकाशित: १० जेष्ठ २०७५ ०३:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App