coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

भर्याङबाट लडेर शिक्षकको मृत्यु

कोहलपुर–लामो समयदेखि शिक्षण पेशा, साहित्य, शिक्षक संगठनमा आवद्ध  ३७ वर्षीय कृष्ण लामिछानेको मृत्यु भएको छ। गएराति ९ बजे कोहलपुर–११ स्थित घरको भर्याङबाट लडेड घाइते भएका लामिछानेको मेडिकल कलेज कोहलपुरमा उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको हो। लामिछानेको टाउँकोमा गम्भीर चोट लागेको थियो।

लामिछानेको मृत्युले शिक्षा र साहित्य क्षेत्रमा ठूलो क्षति भएको नेपाली कांग्रेस कोहलपुर नगर कोषाध्यक्ष गोविन्दप्रसाद पौडेलले बताए। लामिछाने कोहलपुरस्थि न्यू बागेश्वरी एकेडेमी कलेज निर्वतमान क्याम्पस प्रमुख, ह्याप्पी किड्स मन्टेश्वरीका संचालक र त्रिभुवन उच्च माबिमा शिक्षण गर्दै आउएका थिए ।  शिक्षक संघ जिल्ला सदस्य, पूर्णिमा साहित्य प्रतिष्ठानका सदस्यस समेत रहेका थिए।

 

प्रकाशित: १६ भाद्र २०७३ ०४:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App