राजस्थानलाई २५ रनले हराउँदै कोलकाता आइपीएलको ‘सेमीफाइनल’मा

बुधबार, ०९ जेठ २०७५, २२ : ४८ नागरिक

444


मुम्बई– एलिमिनेटरमा राजस्थान रोयल्सलाई २५ रनले हराउँदै कोलकाता नाइट राइडर्स एघारौ सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको सेमीफाइनलमा प्रवेश गरेको छ। अब फाइनल प्रवेशका लागि कोलकाताले शुक्रबार सनराइजर्स हैदरावादको सामना गर्नेछ। हैदरावादलार्इ हराउँदै चेन्नर्इ सुपर किंग्स यसअघि नै फाइनलमा प्रवेश गरिसकेकाे छ। 

बुधबार साँझ घरेलु मैदान इडेन गार्डेनमा १७० रनको विजय लक्ष्य प्रस्तुत गरेको कोलकाताले राजस्थानलाई १४४ रनमा रोक्यो। निर्धारित २० ओभरमा ४ विकेट गुमाएको राजस्थानका लागि सन्जु सामसनले ५० रन बनाएपनि हार टार्न सकेनन्। उनले ४ चौका र २ छक्का प्रहार गरे। हारसँगै राजस्थानकाे यस सिजनकाे अाइपीएलकाे यात्रामा पूर्णविराम लागेकाे छ।

राजस्थानका कप्तान अजिक्य रहाणेले ४ चौका र १ छक्कासहित ४६ रन जोडे। राहुल त्रिपाठीले १ चौका र २ छक्कासहित २०, हेनरिक क्लासनले १८ रन जोडे। 

बलिङतर्फ पियुष चावलाले २ र प्रसिद कृष्ण तथा कुलदीप यादवले १–१ विकेट लिए।

यसअघि घरेलु मैदानमा टस हारेर व्याटिङ्गको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६९ रन बनायो। 
कोलकाताका लागि कप्तान दिनेश कार्तिकले सर्वाधिक ५२ रन बनाए। ३८ बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे। 

आन्द्रे रुसेलले ४९ रन जोडे। उनले ३ चौका र ५ छक्का प्रहार गरे।  शुभम गिलले ३ चौका र १ छक्कासहित २८, क्रिश लेनले २ चौकासहित १८ रन जोडे।

बलिङतर्फ कृष्णप्पा गोथम, जोर्फा आर्चर र बेन लुगलिनले २–२ विकेट लिए।







यसमा तपाईको मत

अन्य समाचार

Mbps र MBps को भिन्नता

Mbps र MBps को भिन्नता

इन्टरनेट स्पिड र फाइलको साइजको विषयमा Mb र MB को प्रयोग गर्दा प्रविधिको ज्ञान नभएका धेरै व्यक्तिहरु झुक्किने गर्दछन् |

घरेलु उपकरणका लागि वास्तु

घरेलु उपकरणका लागि वास्तु

घरमा कुन विद्युतीय उपकरण कता र कसरी राख्ने भन्ने कुरामा पनि विशेष ध्यान दिनुपर्छ । ...

कस्तो गिजर किन्ने ? - गिजर खरिद गाइड

कस्तो गिजर किन्ने ? - गिजर खरिद गाइड

जाडो महिना नजिकिँदै गर्दा गिजर खरिद गर्न चाहनेको संख्या पनि बढ्दै जान्छ । तर राम्रोसँग नबुझी गिजर खरिद गरेमा आफैलाई...

वानप्लस सिक्स टि को यस्तो छ नेपाली बजार मूल्य

वानप्लस सिक्स टि को यस्तो छ नेपाली बजार मूल्य

दराजको वेबसाइटबाट उपलब्ध हुने ...

एप्पलले आइफोन X र आइफोन ८ / ८+ लाई पनि स्लो गर्दै

एप्पलले आइफोन X र आइफोन ८ / ८+ लाई पनि स्लो गर्दै

एप्पलका अनुसार यस फिचरले प्रयोगकर्ताको आइफोनलाई स्लो बनाएर ब्याट्रीको बचत गर्छ र पुरानो ब्याट्री भएको आइफोनलाई आफै बन्द हुन बाट...

वाननप्लस सिक्स टि - डिस्प्ले भित्रै फिंगरप्रिन्ट स्क्यानर

वाननप्लस सिक्स टि - डिस्प्ले भित्रै फिंगरप्रिन्ट स्क्यानर

वानप्लसले ६-६ महिनाको अन्तरालमा नयाँ फ्ल्याग्शिप स्मार्टफोन रिलिज गर्दै आइरहेको छ | ...

एप्पलको नयाँ आइप्याड प्रो, म्याकबुक एअर र म्याक मिनी

एप्पलको नयाँ आइप्याड प्रो, म्याकबुक एअर र म्याक मिनी

एप्पलले गत राती भएको इभेन्टमा नयाँ आइप्याड, म्याकबुक एअर र अपडेट गरिएको म्याक मिनीको बारेमा जानकारी दिएको छ । ...

एक साता मै ९० लाखवटा आइफोन Xr बिक्री

एक साता मै ९० लाखवटा आइफोन Xr बिक्री

विश्लेषकका अनुसार अझै धेरै बिक्री हुनुपर्ने थियो । ...