coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बलात्कारको दुई महिनापछि आरोपित पक्राउ

भक्तपुर- महानगरीय प्रहरी परिसर भक्तपुरले १५ वर्षीया एक किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। 

भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं ५ बस्ने २३ वर्षीय सुजन खत्रीलाई गत चैत १२ गते किशोरीलाई आफ्नै घर कोठामा बोलाएर डर, त्रास र धम्की दिई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरी आजै मुद्दा चलाएको प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेले जानकारी दिए। 

किशोरी गर्भवती भएको र सात हप्ताको बच्चा गर्भमा रहेको परिवारले थाहा पाएपछि खत्रीविरुद्ध परिवारले किटानी जाहेरी दिएका थिए। बलात्कार भएको दुई महिनापछि प्रहरीले आरोपितलाई पक्राउ गरी मुद्दा दर्ता गरेको हो। रासस

प्रकाशित: ९ जेष्ठ २०७५ १६:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App