७ वैशाख २०८१ शुक्रबार
अर्थ

नेपालमै पहिलो पटक गाडीहरुको अक्सन मेला

काठमाडौं– नेपालमा टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि. को सह–कम्पनी सिप्रदी अस्योर्ड प्रा.लिले नेपालमा गाडीहरुको बृहत अक्सन मेला आयोजना गर्नेभएको छ । यो अक्सन मेला जेठ ११ र १२ गते सिप्रदी अस्योर्ड प्रा.लि, थापाथलीमा बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म आयोजना हुनेछ ।

नेपालमा पहिलो पटक आयोजना हुन लागेको यस अक्सन मेलामा विभिन्न ब्राण्डका ६० भन्दा बढी ब्राण्डेड गाडीहरु समावेश हुनेछन् ।

सेकेण्ड ह्याण्ड गाडीहरुको बिक्री वितरण तथा सट्टापट्टा गर्दै आएको सिप्रदी अस्योर्डले जनाएअनुसार मेलामा ग्राहकहरुले आफूलाई मन परेको गाडीको अधिकतम बोली लगाई आफ्नो बनाउन सक्नेछन् ।

प्रकाशित: ९ जेष्ठ २०७५ १३:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App