coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सबैभन्दा धनी मन्त्री महासेठकाे सम्पत्ति कति ?

काठाडमौं– सरकारले मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार सबैभन्दा धनी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ देखिएका छन् । मन्त्री महासेठले उपलब्ध गराएको विवरणअनुसार चल अचल सम्पत्ति जोड्दा उनीसँग अर्ब बढीको सम्पत्ति रहेको देखिन्छ । 

महासेठको श्रीमती जुली कुमारी महतोको नाममा जनकपुर उपमहानगरपालिका वडा ९ मा ४२०० वर्गफिटको साढे दुई तले घर छ । त्यस्तै श्रीमतीकै नाममा ललितपुर महानगरपालिकामा ५८०० वर्गफिटमा साढे दुई तल्लाको घर छ । 

त्यस्तै श्रीमती जुलीकै नाममा धनुषामा ८ विघा र ५ कठ्ठा, सिन्धुली कमलामाइमा ५ कठ्ठा, ललितपुर महानगरपालिकामा २ रोपनी १३ आना, १ रोपनी ७ आनाको कित्ता रहेको छ । त्यस्तै महासेठको नाममा भने १ विघा १५ कठ्ठा जग्गा रहेको देखिन्छ । 

त्यस्तै महासेठले ७२ लाख रुपैयाँ  नगद रहेको विवरणमा उल्लेख गरेका छन् । महासेठसँग ५२ तोला सुन देखिन्छ । जसमा २७ तोला पैतृक र २५ तोला दाइजोको रुपमा रहेको विवरणमा उल्लेख छ । चाँदी भने डेढ किलो छ ।

महासेठसँग ४० करोड रुपैयाँ बराबरको सेयरसमेत छ । उक्त सेयर विभिन्न कम्पनी र बैंकमा रहेको विवरणमा उल्लेख छ । 
त्यस्तै सगोलको जग्गा भने १४७ विघाभन्दा बढी रहेको देखिन्छ । महासेठले भने श्रीमती र आफ्नो नाम गरी २३ करोड ऋण देखाएका छन् । विवरण यहाँ हेर्न सक्नुहुन्छ

प्रकाशित: ९ जेष्ठ २०७५ ०७:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App