जोशी अमेरिकी विश्वविद्यालयका पहिलो नेपाली डीन

बुधबार, ०९ जेठ २०७५, १२ : ४९ नागरिक

काठमाडौँ - तनहुँमा जन्मेर अमेरिकामा बसोबास गर्दै आएका डा जीत जोशी एक अमेरिकी विश्वविद्यालयको पहिलो नेपाली डीन बनेका छन्।

आजभन्दा झण्डै तीन दशकअगाडि अमेरिका पुगेका उनी हाल अमेरिकाको क्यालिफोर्निया राज्यको लसएन्जेल्समा बस्दै आएका छन्। डा जोशी क्यालिफोर्निया स्टेट युनिभर्सिटी लङ्बीच युनिभर्सिटीका डीन एवं सोही विश्वविद्यालयको अन्तर्राष्ट्रिय शिक्षा विभागका उपाध्यक्षसमेत छन्।

केही समयअगाडि नेपाल आएका  उनी नेपालको शिक्षा प्रणालीलाई रोजगारमूलक बनाउन व्यावसायिक शिक्षामा जोड दिन जरुरी रहेको बताउँछन् । “नेपालको शिक्षा घोकन्ते खालको भएकाले यसमा आमूल परिर्वतन गरी नेपाली शिक्षालाई रोजगारमूलक बनाउनु जरुरी छ”, उनले भने । रासससँग कुरा गर्दै उनले अमेरिकामा राज्यको आवश्यकतालाई हेरेर विश्वविद्यालयले सोहीअनुरुपको जनशक्ति उत्पादन गर्ने भएकाले कसैले बेरोजगार बस्नु नपर्ने बताए।

अमेरिकामा कक्षा १२ पछि सबैलाई अनिवार्य व्यावसायिक शिक्षा प्रदान गरिने प्रचलन छ भन्दै उनी त्यसले विद्यार्थीमा सैद्धान्तिक ज्ञानको अलावा व्यावहारिक ज्ञानसमेत प्राप्त हुने बताउँछन्। “व्यवसायिक शिक्षाले सजिलै रोजगारी प्राप्त गर्न सकिनेछ,” उनले भने ।

अमेरिकी शिक्षा प्रणालीलाई अहिले विश्वका अन्य विकसित मुलुकले पनि अवलम्बन गर्दै गइरहेको उनको भनाइ थियो। पछिल्लो समय अध्ययनका लागि अमेरिका जाने नेपालीको संख्या उल्लेख्य रुपमा बढेको छ भन्दै उनले माध्यमिक शिक्षापछि दुई वर्ष व्यावहारिक ज्ञानसहितको शिक्षा हासिल गरेपछि उच्च शिक्षाका लागि अमेरिका आउँदा ज्यादै सजिलो हुने बताए।रासस




यसमा तपाईको मत

अन्य समाचार

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

नेपाली बजारमा उपलब्ध भएका र लगभग ३० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad