७ वैशाख २०८१ शुक्रबार
समाज

धादिङको बेनिघाटमा ट्रक खस्यो, १ को मृत्यु, २ घाइते

धादिङ – पृथ्वी राजमार्ग अन्र्तगत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं १० मा रहेको हुग्दी खोलाको पुलबाट ट्रक खस्दा १ जनाको मृत्यु भएको छ। 

दुर्घटनामा अन्य २ जना यात्रु घाइते भएका छन् । मृत्यु हुनेमा नवलपुर जिल्ला मध्यविन्दु नगरपालिका वडा नं १० बस्ने २३ वर्षीय शेर बहादुर सोमह मगर रहेका छन्। 
काठमाण्डौबाट चितवनतर्फ जाँदै गरेको ना ५ ख १५६८ नं को ट्रक तीब्र गतिका कारण पुलबाट हुग्दी खोलामा खसेको बताइएको छ । 

दुर्घटनामा घाइते मध्यविन्दु १० का मनोज आले र अर्घाखाँचीको गंगा नगरपालिका घर भएका लेख बहादुर घर्ती घाइते भएका छन् । घाइतेहरुको राजमार्ग सामुदायिक अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारको लागि काठमाडौँ पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । 

प्रकाशित: ९ जेष्ठ २०७५ ०६:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App