८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

उत्तर काेरियासँगकाे वार्ता जुन १२ मा नहुन सक्छः ट्रम्प

वासिंटन - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोग–उनसँगको  शिखर वार्तामा केही समय ढिलाे  हुनसक्ने बताएका छन् ।उनीहरू बीच अागामी जुन १२ मा सिंगापुरमा भेटवार्ताकाे मिती तय भएकाे थियाे।

उत्तर कोरियाली नेतासँगको वार्ताका विषयमा छलफल गर्न ह्वाइट हाउसमा पुगेका दक्षिण कोरियाली राष्ट्रपति मून जे-इनसँगकाे भेटवार्तामा राष्ट्रपति ट्रम्पले वार्तामा केही ढिलाई हुनसक्ने बताएका हुन्।उत्तर कोरियाले दक्षिण कोरियाली र अमेरिकी सैनिकबीच साेलमा जारी संयुक्त सैन्य अभ्यास रोक्न आग्रह गरेको छ।

गत अप्रिल २७ मा उत्तर कोरियाली नेता किम जोग उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाई इनबीच ऐतिहासिक वार्ता र शान्ति सम्झौता भएको थियो। उत्तर कोरियाले अप्रिल २७ को शान्ति सम्झौताको कार्यान्वयनको सुरुवात गरिसकेको जनाएको छ। उत्तरले आणविक शस्त्र उत्पादन र परीक्षणको काम स्थगित गरेको जनाएको छ।

 

 

प्रकाशित: ९ जेष्ठ २०७५ ०६:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App