भेडिया बजारमा आगलागी, चार घर जलेर नष्ट

बुधबार, ०९ जेठ २०७५, ११ : २४ नागरिक

लहान- सप्तरीको सुरुङ्गा नगरपालिका–२ भेडिया बजारमा आज बिहान आगलागी हुँदा एउटा औषधि पसलसहित चारवटा घर जलेर नष्ट भएका छन्।

स्थानीय आनन्द विश्वकर्माको घरबाट बिहान ५ बजेतिर अचानक सल्केको आगो फैलिएर आगलागी हुँदा उनले सञ्चालन गरेका औषधि पसलसहित दुई वटा घर पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । यस्तै, सोही आगलागीमा परी स्थानीय हृदयनारायण चौधरीका पनि दुईवटा घर जलेर नष्ट भएका छन्।

आगलागीबाट औषधि पसलमा भएका सम्पूर्ण सामान, केही नगद, घरमा भएको खाद्यान्न, फर्निचर र लत्ताकपडासमेत जलेर नष्ट हुँदा करीब रु ४० लाखभन्दा बढी मूल्य बराबरको क्षति भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।वारुणयन्त्र, प्रहरी र स्थानीयको अथक प्रयासमा बिहान ६ बजेतिर आगो नियन्त्रणमा आएको स्थानीयले बताएका छन् । आगलागी के कारणले भएको भन्ने खुल्न नसके पनि विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने स्थानीयको आशंका छ।रासस








यसमा तपाईको मत

अन्य समाचार

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

Ncell Footer Ad