coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चोरीको मोटरसाइकलसहित एक पक्राउ

मेलम्ची - ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित मंगलबार एकजनालाई पक्राउ गरेको छ।

नियमित चेकजाँचको क्रममा बा ७३ प ८९५४ नम्बरको २२० सिसीको कालो–निलो पल्सर मोटरसाइकलसहित मेलम्ची–३, हैबुङका २५ वर्षीय वीरबहादुर तामाङलाई पक्राउ गरिएको सिन्धुपाल्चोक जिल्लाका ट्राफिक प्रहरी प्रमुख उपेन्द्र बुढाथोकीले जानकारी दिए।

जाँच गर्ने क्रममा नक्कली नम्बर प्लेट राखी हिँडेका तामाङलाई मेलम्ची ट्राफिक प्रहरीले मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो।काठमाडौँको चावहिलबाट हराएको उक्त मोटरसाइकल धनी रामेछाप जिल्ला टेकनपुर घर भएका धनबहादुर थापामगर भएको ट्राफिक प्रहरी प्रल्हाद दाहालले जानकारी दिए। रासस

प्रकाशित: ९ जेष्ठ २०७५ ०४:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App