निपा भाइरसका कारण केरलामा १० को मृत्यु

बुधबार, ०९ जेठ २०७५, ०९ : ०६ एजेन्सी

नयाँ दिल्ली– भारतको दक्षिणी राज्य केरलामा फैलिएको घातक ‘निपा’ भाइरस संक्रमणका मृत्यु हुनेको संख्या १० पुगेको स्वास्थ्य अधिकारीले बताएका छन्।

निपा भाइरसले संक्रमित भएको आशंकामा अन्य नौ जनाको रगत परीक्षण भइरहेको भारतीय स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । पूर्ववर्ती क्यालिकट र वर्तमानको काजिकोदेबाट फैलिएको निपा भाइरस परीक्षण गरिएका अन्य दुई जनामा पनि संक्रमण भेटिएको र उनीहरुको अवस्था अत्यन्तै नाजुक रहेका बताइएको छ । अन्य ४० जनालाई पनि अत्यन्तै सुक्ष्म तरिकाले निरीक्षण भइरहेको स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

संक्रमितलाई बेग्लाबेग्लै उपचार गर्नका लागि केरलाका अस्पतालहरुमा विशेष वार्डहरु स्थापना गरिएको बताइएको छ । निपा भाइरस संक्रमणका कारण मानिसको ज्यान जान थालेपछि केरलाका स्वास्थ्य प्रशासनले उच्च सतर्कता अपनाएको छ । केरलाका विभिन्न क्षेत्रमा मेडिकल शिविर तथा अवस्थासँग जुँध्नका लागि कन्ट्रोल रूमकोसमेत स्थापना गरिएको छ । पशुबाट मानिसमा सर्ने एनआइभी भनिने निपा भाइरस निदान गर्नै अत्यन्त कठिन हुन्छ । ज्वरो आउने, बान्ता हुने र टाउको दुख्ने यस भाइरसको संक्रमणको लक्षण भएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

यो भाइरसबाट संक्रमित भएपछि ७० प्रतिशत मृत्यु हुने सम्भावना रहने र यसको निदानका लागि हालसम्म कुनै खोप नरहेको बताइएको छ ।विश्व स्वास्थ्य संगठनले विश्वका लागि चेतावनी हुनसक्ने भन्दै सूचीकृत गरेको १० वटा रोगमध्ये निपा पनि एक हो । निपा भाइरसबाट संक्रमित भए वा नभएको बारे पुष्टि गर्नका लागि शंकास्पद ६० जनाको रगत र शरीरबाट निस्कने तरल पदार्थ राज्यको राजधानी पुणेस्थित नेसनल इन्सिट्यिुट अफ भिरोलोजीमा पठाइएको अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

‘बाहिरबाट ल्याइएको फलफूल खानेबारे र अन्य सावधानीबारे विशेष निर्देशन दिनका लागि स्वास्थ्य कर्मचारी प्रत्येक घरमा पुगिरहेका छन्,’ कोजिकोदेका उच्च अधिकारी युभी जोसलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ।

निपा भाइरस प्राकृतिक रूपमा ‘फ्रुट ब्याट’ भनिने एक प्रकारको चमेरोमा पाइने गर्दछ । प्रभावित परिवारको घरमा रहेको पानीको इनारमा मरेका चमेरा भेटिएको स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । इनारलाई फ्लोरेसेन्ट नेटले राम्रोसँग बन्द गरिएको उनीहरुले बताएका छन् । भारतमा निपा भाइरसको संक्रमण पहिलो पटक सन् २००१ मा भेटिएको र त्यसको छ वर्षपछि पुनः भेटिएको विवरण बाहिरिएका छन् । पछिल्ला दुई पटक भारतमा ५० जनाको निपा भाइरसका कारण मृत्यु भएको बिबिसीले जनाएको छ।

 

संक्रमितको उचपारमा संलग्न नर्सकै मृत्यु
‘मलाई लाग्दैन म तपाईंलाई फेरि देख्न सक्छु । माफ गर्नुहोस् । हाम्रा बालबालिकालाई राम्रोसँग हुर्काउनु होला ।’ यो भनाइ निपा भाइरसकै संक्रमितको उपचारमा संलग्न रहेकी र सोही भाइरसकै कारण मृत्युवरण गरेकी दक्षिण भारतीय राज्य केरलाकी एक नर्सले आफ्नो पतीलाई लेखेको पत्रमा रहेको छ ।

२८ वर्षीया लिनी पुथुस्सेरेको निका भाइरसकै कारण सोमबार मृत्यु भएको बिबिसीले उल्लेख गरेको छ । उपचारमै संलग्न भइरहेका बेला संक्रमित भएर मृत्यु भएकी नर्स लिनीको पाँच वर्ष र दुई वर्षका दुई छोरा रहेको बताइएको छ ।

निपा भाइरसको संक्रमण रहेको तीन जना सदस्य रहेको एउटा परिवारलाई लिनीले उपचार गरिरहेकी थिइन् । उनले रातभर ती संक्रमितको उपचार गरेको अनुमान गरिएको छ । ‘संक्रमितकै उपचारमा संलग्न भइरहेका बेला शनिबार उनले आफूलाई ज्वरो आएको अनुभव गरेकी थिइन् । जब उनले निपा भाइरसकै लक्षण आफूमा देखिन् त्यसपछि उनी आफै गएर अस्पताल भर्ना भइन् र आफ्नो परीक्षण गर्न भनिन्,’ स्थानीय सञ्चार माध्यमलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । बहराइनमा अकाउन्टेन्टका रूपमा काम गरिरहेका उनका पति साजिसलाई उनको भाइले लिनी अस्पतालमा रहेका बताएपछि उनी भारत फर्किएको बताइएको छ ।

लिनीले पनि आफूलाई फोन गरेको उनले बताएका छन् । ‘उनले म बिरामी छु र म अस्पताल जाँदै छु भनेकी थिइन्,’ साजिसलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । उनी बहराइनबाट आइतबार बिहान कोजिकोदे आइपुगेका थिए । तर त्यो बेलासम्म लिनी सघन उपचारमा रहेकी थिइन्।‘उनले अक्सिजन माक्स प्रयोग गरिरहेकी थिइन् किनभने उनको अक्सिजनको तह कम थियो,’ साजिसले बताएका छन् । ‘उनी बोल्न सकिनन् तर मेरो हात उनको हातमा राखेकी थिइन्,’ साजिसलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । सोमबार लिनीको मृत्यु भइसकेपछि मात्रै उनले लेखेको पत्र साजिलाई परिवारका सदस्यले दिएका थिए । साजिसले उक्त पत्र स्थानीय सञ्चार माध्यममा देखाएपछि सो पत्र सामाजिक सञ्जालमा व्यापक मात्रामा फैलिएको छ।

भाइरसको संक्रमण थप नफैलियोस् भन्दै अस्पताल प्रशासनले लिनीको शव परिवारका सदस्यलाई हस्तान्तरण नगरेको र आधिकारिक सुपरिवेक्षणमा उनको अन्तिम संस्कार गरिएको बताइएको छ । उनको मृत्यु त्याग भएको भन्दै सामाजिक सञ्जालमा व्यापक प्रशंसा भएका छन् र अधिकारी तथा चिकित्सकहरुले उनलाई ‘हिरो’ को संज्ञा दिएका छन् । कर्तव्य पालना गर्दौ गर्दै मृत्यवरण गरेकी लिनीप्रति केरलाका मुख्यमन्त्री पिनाराई विजयनले पनि ट्विटमार्फत् समवेदना गरेका छन् । उनले लिनीको स्वार्थरहित सेवा सधैं याद भइरहने बताएका छन् ।








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad