coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

जनप्रतिनिधि साझा हुन नसकेको गुनासो

बुटवल - एक वर्षअघि स्थानीय चुनावको चहलपहल हुँदा तिलोत्तमा ८ की जमुना गौतम जती उत्साहित थिइन् अहिले त्यती नै निरास । १९ वर्षपछि चुनेका जनप्रतिनिधिसँग उनका ठूला अपेक्षा भने थिएनन् । हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे हुने सडक मर्मतको माग चुनावकै बेला उनी र उनका छिमेकीले गरेका हुन । तर जनप्रतिनिधि आएको एक वर्ष बित्नै लाग्दासमेत सडक मर्मत भएन।

तिलोत्तमाका झण्डै आधा दर्जन गाँउ जोड्ने तपाहा शिवपुर ढेकावार सडक भत्केर कुरुप छ । ‘साँगुरो बाटोमा भैंसी अट्ने खाल्डा छन् । मर्मत गरिदेऊ भनेर धेरैपटक नगरपालिका गयाैं, सुनुवाइ भएन,’ गौतमले भनिन् । नगरपालिकाले यो वर्ष ८ करोडभन्दा बढी बजेट बाटो ग्राभेल तथा मर्मतमै खर्चिएको छ । तर जनप्रतिनिधि सबैको साझा बन्न नसक्दा समान विकासको अवधारणा भने लागू हुन सकेको छैन । ‘बहुसंख्यक नगरवासीको आवश्यकता र हितलाइ हेरिदँैन, आफ्ना पार्टीका मान्छे जता बढी छन् त्यतै बजेट खन्याइएको छ,’ स्थानीय माधवललाल देवकोटाले भने । साविकको आनन्दवन, शंकरनगरको तुलनामा करहिया, गंगोलिया मधवलिया क्षेत्रलाइ विकासमा पछाडि पारिएको गुनासो स्थानीयको छ ।

सिद्धार्थनगर ४ सुगरमिलका स्थानीय कुलप्रसाद न्यौपानेले पनि नगरका सबै वडामा समान विकास पुग्न नसकेको गुनासो गरे । ‘नगरप्रमुख उपप्रमुखका वडामा मर्मत गरे पुग्ने बाटो भत्काएर पुनः पिच गरिएका छन् । अन्य वडामा भत्केका सडक पनि मर्मत भएका छैनन्,’ न्यौपानले भने । पहिलेदेखि नै पछाडि परेका वडालाइ बढी प्राथमिकता दिइनुपर्नेमा जनप्रतिनिधिले आफ्नो पार्टी र कार्यकर्ताको पहुँच रहेका वडालाई प्राथमिकता दिएको उनको भनाइ छ । सिद्धार्थनगर उद्योग बाणिज्य संघका अध्यक्षसमेत रहेका न्यौपानेका अनुसार जनप्रतिनिधि आएसकेपछि पनि पूर्वाधार निर्माणमा हुने ढिलासुस्ती र लापरबाही रोकिएको छैन।

निर्वाचनका बेला बाटो बिजुली, खानेपानी, सिँचाइ जस्ता आधारभूत विकासलाइ पहिलो प्राथमिकता दिने प्रतिबद्धता गरेका जनप्रतिनिधि अहिले आफ्ना कार्यकर्ता अनुकुल बजेट बाँड्ने, स्थानीय तहलाइ पार्टीका कार्यकर्ता भर्तीको थालो बनाउने र सतही लोकप्रियताका लागि विवादास्पद निर्णय गर्नेमा पनि अगाडि देखिएका छन् ।

निर्वाचनका बेला बाटो बिजुली, खानेपानी, सिँचाइ जस्ता आधारभूत विकासलाई पहिलो प्राथमिकता दिने प्रतिबद्धता गरेका जनप्रतिनिधि अहिले आफ्ना कार्यकर्ता अनुकूल बजेट बाँड्ने, स्थानीय तहलाई पार्टीका कार्यकर्ता भर्तीको थालो बनाउने र सतही लोकप्रियताका लागि विवादास्पद निर्णय गर्नेमा पनि अगाडि देखिएका छन् । आवश्यकता पहिचान गरी विकासका योजना अगाडि बढाउनुपर्नेमा त्यसो हुनसकेको छैन ।

बुटवलमा यसअघि विभिन्न कारणले अड्केका महत्वपूर्ण आयोजना जनप्रतिनिधि आइसकेपछि अघि बढ्ने अपेक्षा थियो । तर त्यसो हुन सकेन । जनप्रतिनिधि चुनिएको ६ महिनापछि बुटवलको २७ करोडको नमुना अटो भिलेजको अयोजना फिर्ता गर्यो ।

२२ करोडको खानेपानी र २७ करोड लागतको फोहोर प्रशोधन केन्द्र अलपत्र छ । बुटवलका केही वडामा खानेपानीको चरम समस्या छ । त्यसको समाधानका लागि ठोस पहल भएको छैन । बुटवल ८ सुख्खानगरकी लक्ष्मी खनालले गर्मी सुरु भएसगै धारामा दैनिक पानी आउन छोडेको बताइन् । जनप्रतिनिधि आएको महसुस गर्न नपाएको गुनासो गर्दै उनले भनिन्, ‘मेयर उपमेयर आएपछि धारामा पानी पनि आउँछ भन्थे कुरै मात्रै रहेछ । खानेपानी, फोहोर व्यवस्थापन सडक ढल जस्ता बहुसंख्यक नगरवासीको जीवनसँग जोडिएका योजनाको प्रगति खासै देखिएको छैन।

निर्वाचनका बेला गरेका प्रतिबद्धता पूरा गर्नेतर्फ जनप्रतिनिधिले अग्रसरता नदेखाएको गुनासो बुटवल ११ का कमल रानाले गरे । ‘तीन महिनाभित्रै सुकुमबासी समस्या समाधान गर्छु भन्थे एक वर्ष बित्न लाग्यो काम भएको छैन,’ रानाले भने । नेपाली कांग्रेसका नगर सभापति खेलराज पाण्डेले बुटवल उपमहानगरलाई पार्टीका कार्यकर्ता भर्ती केन्द्र बनाइएको आरोप लगाए । ‘पार्टीका सीमित व्यक्ति तथा एनजिओमार्फत पुरानै ढाँचामा कार्यक्रम वितरण गर्ने र बजेट सक्ने बाहेक नगरवासीको हितमा काम भएको छैन,’ उनले भने ।

जनप्रतिनिधि सबैको साझा नबनेसम्म विकासले गती नलिने ठहर छ बुटवल बहुमुखी क्याम्पसका अर्थशास्त्र विभागका अध्यक्ष सहप्राध्यापक नुरजग केसीको । ‘अहिलेका जनप्रतिनिधि जनताका हुन सकेनन् पार्टीका भैदिए । यीनले आफनो पार्टीका झण्डा नबोक्ने जनतालाई आफ्नो ठान्न सकेका छैनन् । त्यसको प्रभाव योजना छनोट र विकासमा देखिएको छ,’ सहप्राध्यापक केसीले भने । विकास र समृद्धि ल्याउन जनप्रतिनिधि सबैको साझा बन्नुपर्नेमा उनले जोड दिए ।
बुटवल उपमहानगरका मेयर शिवराज सुवेदीले विकासमा राजनीति गरेको र साझा बन्न नसकेको भन्ने प्रमाण पेश गर्न सके मात्रै त्यसबारे आपूmले स्पष्ट पार्ने प्रतिक्रिया दिए ।

अटो भिलेज र खानेपानी आयोजनाको म्याद आपूm आउनुभन्दा पहिले नै सकिएकाले बजेट फिर्ता गएको र फोहोर प्रशोधनका लागि स्थानीयलाई सहमतिमा ल्याउने पहल गरिरहेको बताए । खानेपानी समस्याका सम्बन्धमा भने उनले खानेपानी संस्थानलाइ तुरुन्त समस्या हल गर्न निर्देशन दिएको पुरानै जवाफ दोहो¥याए । सुकुमबासीको लगत संकलन सकेको र नक्सांकनको काम थाल्ने बताए । छोटो अवधीमै थुप्रै वटा महŒवपूर्ण काम गरेको दावी नगरप्रमुख सुवेदीको छ ।

स्थानीय सरकारका रूपमा नयाँ अभ्यास र अनुभव हुँदाहुँदै पनि नगरवासीको हितमा कानुन निर्माण गरी अगाडि बढेको सिद्धार्थनगर नगरापालिकाका प्रमुख हरिप्रसाद अधिकारीले बताए । समान विकासको अवधारणामै अगाडि बढेको उल्लेख गर्दैै नगरप्रमुख अधिकारीले भने ‘भूगोल र जनसंख्यालाई मिलाएर लैजाने प्रयास गरिरहेका छौँ सानातिना कमीकमजोरी भए तीनलाइ पनि सुधारेर अगाडि बढने छौं।

’ तिलोत्तमा नगरपालिकाका मेयर वाषुदेव घिमिरेले विकासमा राजनीति नगरेको दाबी गरे । नगरपालिकाको विकास बजेट ९५ प्रतिशत खर्च भइसकेको उल्लेख गर्दै जनसहभागितामै योजना छनोट र विकासको काम अगाडि बढाइएको बताए । जनचाहाना धेरै हुँदा गुनासा पनि धेरै आउने उल्लेख गर्दै उनले आगामी वर्ष अझ धेरै सन्तुलन मिलाएर लैजाने प्रयासमा रहेको बताए । रुपन्देहीमा एक उपमहानगर ५ नगरसहित १६ स्थानीय तह छन् ।

प्रकाशित: ९ जेष्ठ २०७५ ०१:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App