४ वैशाख २०८१ मंगलबार
खेल

राष्ट्रिय महिला भलिबल भोलिदेखि

पोखरा- लामाचौरको नवआदर्श सामुदायिक विकास समाजले तीज महोत्सवका अवसरमा राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता गर्ने भएको छ। शुक्रबार सुरु हुने प्रतियोगिता आइतबारसम्म चल्नेछ।

समाजका प्रचार संयोजक अर्जुन अधिकारीका अनुसार प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन्। न्यु डायमन्ड एकेडेमी, सशस्त्र प्रहरीको एपिएफ क्लब,त्रिभुवन आर्मी, नेपाल पुलिस, मध्यपश्चिमाञ्चल र पश्चिमाञ्चल भलिबल संघका टोलीको सहभागिता रहनेछ। 'तीज महोत्सवसँगै भलिबल प्रतियोगिता गर्न थालेका हौं,' उनले भने, 'महिला भलिबलमा योगदान दिनप्रतियोगिता गरेका हौं।'

नवआर्दशले पाँँचवर्षयताराष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता गर्न थालेको हो। लामाचौरको स्थानीय इन्द्रराज्यलक्ष्मी माविको कोर्टमा हुने प्रतियोगिता विजेताले ७५ हजार १ सय १ रुपैयाँ, उपविजेताले ५० हजार १ सय १, तेस्रो र चौथो हुने टोलीले क्रमशः २० र १५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्। उत्कृष्ट विधातर्फ  उत्कृष्ट प्लेयर, क्विकर, लिबरो, स्पाइकर, ब्लकर, सर्भर, डिफेन्ड र प्रशिक्षकलाई जनही २ हजारले पुरस्कृत गरिने आयोजनाले जनाएको छ।

प्रतियोगिताका लागि ४ हजार क्षमताको अस्थायी प्यारापिट निर्माण गरिएको छ।

त्यसैगरि अन्तरमाध्यमिक विद्यालयस्तरीय छात्रा भलिबल प्रतियोगिता पनि हुनेछ। छात्रा भलिबलमा १४ विद्यालयका टोलीको सहभागिता रहनेछ। विजेताले २५ हजार १ सय १ र उपविजेताले १५ हजार १ सय १ रुपैयाँ पुरस्कार पाउनेछन्। 'महिला भलिबलका खेलाडी उत्पादनमा सघाउन विद्यालय तहमा पनि प्रतिस्पर्धा गराउन थालेका हौं,' संयोजकले भने।

प्रकाशित: १६ भाद्र २०७३ ०२:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App