coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

कर्णाली प्रिमियर लिग : रुपन्देही ११ र धनगढी शीर्ष स्थानमा

शतक प्रहार गरेपछि त्रिभुवन आर्मी क्लवका सागर पुन । तस्बिर : नागरिक

सुर्खेत– वीरेन्द्रनगरमा जारी रुस्लान कर्णाली प्रिमियर लिग अन्तर्गत मंगलबार भएका खेलमा महाकाली  क्रिकेट क्लव, त्रिभुवन आर्मी क्लव र मध्यपश्चिम क्रिकेट क्लव बिजयी भएका छन्।

पहिलो खेलमा महाकालीले भेरीगंगा क्रिकेट क्लवलाई चार विकेटले पराजित ग-यो। टस जितेर ब्याटिङ गरेको भेरीगंगाले निर्धारित ओभरमा ९ विकेट गुमाएर १२२ रन बनायो। भेरीगंगाका तिलक थापाले सर्वाधिक ३७ रन बनाए। सौगात कार्कीले २४ रनको योगदान दिए। बलिङतर्फ पारस केसी र महेन्द्र सावदले समान २–२ विकेट लिए भने रोबिन क्षेत्रीले किफायती बलिङ गर्दै एक विकेट लिए। उनले चार ओभरमा मात्र ६ रन खर्चिए।

१२३ रनको लक्ष्य महाकालीले १७.१ ओभरमा ६ विकेट पुरा ग-यो। महाकालीका लागि महेश साउदले सर्वाधिक अविजित २८ रन तथा पारस केसीले अविजित २३ रन बनाए। बलिङतर्फ भेरिगंगाका शिभ डाँगी र तिलक थापाले २–२ विकेट लिए।

यस्तै दोस्रो खेलमा त्रिभूवन आर्मी क्लवले टीकापुर क्रिकेट क्लवलाई १७६ रनले पराजित ग¥यो। टस जितेर ब्याटिङ गरेको त्रिभुवन आर्मी क्लबले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २२६ रनको बिशाल योगफल तयार गरेको थियो।

आर्मीका लागि प्रतियोगिताकै पहिलो शतक बनाउने क्रममा सागर पुनले अविजित १०२ रन बनाए। ६३ बल खेलेका उनले ८ चौका र ६ छक्का प्रहार गरे। यस्तै राजेश पुलामी मगरले ४६ रन बनाए भने बिनोद भण्डारीले ३० तथा अनिल मण्डलले २२ रन बनाए। 

२२७ रनको लक्ष्य पछ्याउने क्रममा टीकापुरले १५ ओभरमा ५० रनको योगफलमै सम्पूर्ण विकेट गुमाउन पुग्यो। आर्मीका बलर सुशन भारी र जितेन्द्र मुखियाले समान ३–३ विकेट हात पारे भने राजेश पुलामीले २ विकेट हात पारे। टीकापुरका प्रकाश रावल र ललित प्याकुरेलले समान १५ रनको योगदान दिनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

तेश्रो खेलमा मध्यपश्चिम क्रिकेट क्लवले काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरलाई ६ विकेटले पराजित ग-यो। टस हारेर ब्याटिङ गरेको काठमाडौंले आठ विकेटको क्षतिमा १०६ रन बनायो। कप्तान बिपिन आचार्यले सर्वाधिक ४३ रन बनाए। मध्यपश्चिमका अमर सिंह रौटेला एक्लैले ५ विकेट तथा सुनिल सुनार, दीपेन्द्र रावत र अविनाश बोहराले समान १–१ विकेट हात पारे।

१०७ रनको लक्ष्य पछ्याउने क्रममा मध्यपश्चिमले १३.४ ओभरमा लक्ष्य भेटायो। उसको लागि ओपनिङ व्याट्सम्यान राजवीर सिंहले सर्वाधिक अविजित ६१ रन बनाए। ४२ बलमा ८ चौका र ३ छक्का प्रहार गरे। यस्तै सिद्धान्तराज शाहीले ३८ रन बनाउन ३० बलमा ७ चौका प्रहार गरे। काठमाडौंका लागि प्रितम थापाले २ तथा श्याम त्रिपाठीले १ विकेट हात पारे।  

मंगलबारका खेलपछि अंक तालिकाको समुह ’ए’ मा रुपन्देही–११ तीन खेलमा तीन जीतसहित शीर्ष स्थानमा रहेको छ भने त्रिभुवन आर्मी क्लवले ३ खेलमा २ जीत र १ हारसहित ४ अंकका साथ दोस्रोमा छ। ४ वटा खेल खेलेको टीकापुर क्रिकेट क्लवको चार अंक छ। यस्तै समूह ‘बि’ मा रहेको धनगढी क्रिकेट एकेडेमीले तीन वटै खेलमा जीत दर्ता गरेर ६ अंकसहित शीर्ष स्थानमा रहेको छ  भने चार खेल खेलेको मध्यपश्चिम क्रिकेट क्लव ६ अंकसहित दोस्रोमा छ। 

प्रकाशित: ८ जेष्ठ २०७५ १६:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App