८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

मलेसियाका पूर्वप्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दामा छानविन सुरु, जेल जानसक्ने

क्वालालम्पुर- मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक यहाँको भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकायमा उपस्थित भएका छन्।

उनलाई मङ्गलबार उक्त निकायमा उपस्थित गराइएको छ। राजधानी क्वालालम्पुरबाट प्राप्त समाचारमा उनलाई मङ्गलबार उक्त निकायले उनीमाथि भ्रष्टाचार गरेको भन्ने विषयमा प्रश्न गरेको जनाइएको छ। 

राज्य मातहतको एक कम्पनी एक एमडिबीमा लगानीको विषयमा रजाकको संलग्नताको बारेमा यसअघि नै प्रश्न उठेको थियो। सोही विषयमा उनीमाथि प्रश्न गरिएको हो। 

रजाकमाथि उक्त कम्पनीमा लगानी गर्नुको सट्टा करिब चार करोड २० लाख मलेसियल रिङ्गीट किन आफ्नो व्यक्तिगत खातामा जम्मा गरिएको हो भन्ने बारेमा प्रश्न गरिएको छ। 

उक्त खाताको विषयलाई लिएर रजाकमाथि अनियमितताको प्रश्न उठेको छ। उक्त प्रश्नका आधारमा उनीमाथि मुद्दा लाग्नपनि सक्ने बताउँदै आइएको छ। 

तर उनी प्रधानमन्त्रीबाट हटेको महिनादिन भित्रै यसरी राज्यको भ्रष्टाचार नियन्त्रण गर्ने निकायमा उपस्थित गराएर प्रश्न गरिएकोले यसलाई अर्थपूर्णरुपमा लिइएको छ। 

रजाक जेल जान सक्छन्– अन्वर 

यसैबीच प्राप्त अर्काे एक समाचारमा हालैमात्र जेलमुक्त भएका मलेसियाका पूर्वउपप्रधानमन्त्री अन्वर इब्राहिमले निवर्तमान प्रधानमन्त्री नाजिब रजाक भ्रष्टाचारको अभियोगमा जेल जान सक्ने बताएका छन्। सन् २०१५ देखि जेलमा रहेर जेलमुक्त भएका उनले आफु चाँडै नै संसद्मा फर्किने जानकारी पनि दिए। 

उनीसहितको गठबन्धनले नै हालै भएको आम निर्वाचनमा जित हासिल गरी नयाँ सरकार निर्माण भएको छ। वर्तमान सरकारले नै उनलाई रिहा गराएको हो। 

मलेसियाका वर्तमान प्रधानमन्त्री ९२ वर्षीय माहाथिर मोहम्मदले दुई वर्षसम्म सरकारको नेतृत्वगरी देशलाई सही बाटोमा लगेर आफूले सत्ता छोड्न पनि सक्ने संकेत गरेका छन्।

त्यसपछि अन्वरलाई नै उनले प्रधानमन्त्रीकारुपमा अघि सार्न सक्ने अनुमानहरु पनि मलेसियाको राजनीतिमा गरिएका छन्। 

प्रकाशित: ८ जेष्ठ २०७५ १४:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App