महानिर्देशक भट्टराईलाई सरुवा गरेको होइन : यातायात मन्त्री महासेठ

मङ्गलबार, ०८ जेठ २०७५, १६ : ३३ नागरिक

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई आफूले सरुवा नगरेको दाबी गरेका छन्। 

मंगलबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री महासेठले भने, ‘डिजी भट्टराईजीलाई मन्त्रालयमा बोलाएका छौं, उहाँलाई डिस्टर्ब गर्नेगरि ल्याएको होइन।’ यातायात क्षेत्रको सिण्डिकेट हटाउनको लागि महानिर्देशक भट्टराईले सकारात्मक भूमिका निर्वाह गरेको भन्दै मन्त्री महासेठले प्रशंसा समेत गर्न भ्याए।

सिण्डिकेट हटाउने सरकारको एजेण्डा रहेको बताउँदै उनले भट्टराईको मात्र योगदान रहेको भनेर गरिएको प्रचारबाजी गलत भएको बताए। ‘सिन्डिकेट हटाउन सबै पक्षको उतिकै भूमिका रहेको छ।’

आफू मन्त्री भएको १५ दिनपछि सिण्डिकेट हटाउन निर्देशन दिएको र विभिन्न बाधा तथा अड्चन पन्छाएर सिण्डिकेट तोडिएको स्पष्ट पार्दै मन्त्री महासेठले मन्त्रालयबाट गरिने कामको लागि केही दिनको लागि भट्टराईलाई बोलाईएको र यो सरुवा नभएको दाबी गरे। ‘अस्तव्यस्त यातायात क्षेत्रलाई अझै व्यवस्थित गर्नुपर्छ, हामी कार्यदल बनाउँदैछौं, यही प्रयोजनका लागि उहाँलाई मन्त्रालय बोलाइएको हो’, उनले भने। 

नेपालमा अझै धेरै सिण्डिकेटहरु तोड्न बाँकी रहेको बताउँदै मन्त्री महासेठले लाइसेन्स, ब्लु बुक लगायत यातायत क्षेत्रका समस्याहरु यही आर्थिक मसान्तभित्रै व्यवस्थित गरिने प्रतिबद्धता जनाए।

आफूहरुले अहिलेसम्म कोही पनि कर्मचारीहरुलाई नचलाएको दाबी गर्दै मन्त्री महासेठले भने, ‘हामीले कर्मचारीलाई भेदभाव गरेका छैनौं, उनीहरुको कार्य क्षमतालाई हेरेका छौं।’







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

यस्ता छन् सबैभन्दा कमजोर पासवर्डहरू

यस्ता छन् सबैभन्दा कमजोर पासवर्डहरू

यदि तपाईंले प्रयोग गर्ने पासवर्ड पनि यही सूचीमा भेटाउनु भयो भने चाडैं नै आफ्नो पासवर्ड परिवर्तन गर्नुहोस् ...

टिभिएसले ५ दिवसीय “सुपर सिजन फाइनान्स फेयर“ आयोजना गर्ने

टिभिएसले ५ दिवसीय “सुपर सिजन फाइनान्स फेयर“ आयोजना गर्ने

यही असार ४ गतेदेखि ८ गतेसम्म ५ दिनको लागि भृकुटीमण्डप, काठमाडौंमा संचालन हुने यो अत्यन्त आकर्षक मेलामा ग्राहकहरुले उत्कृष्ट फाइनान्स...

बर्जरको वेदरकोट लङ्गलाइफ

बर्जरको वेदरकोट लङ्गलाइफ

पियू र सिलिकन प्रविधि प्रयोग गरिएको यसले घामपानी छेक्ने १० वर्ष टिक्ने कम्पनीको दाबी रहेको छ । ...

मोबाइल मेलामा १ लाखको जीवन बीमा अफर

मोबाइल मेलामा १ लाखको जीवन बीमा अफर

हरेक मोबाइलको खरिदमा १ लाख रुपैंयासम्मको जीवन बीमा ...

Nepal Lok Star को मुख्य प्रायोजकमा IME

Nepal Lok Star को मुख्य प्रायोजकमा IME

विश्वव्यापीकरणको यस युगमा लोक संगीत युवा पुस्ताको समेत रुची भइरहेको आभास लोक संगीतका स्रष्टा आफैले गर्ने गरेका छन् । ...

टिभीमा पनि भाइरस ?

टिभीमा पनि भाइरस ?

सामसंगले हालै आफ्नो ट्वीटर अकाउन्टमा सामसंग टिभीमा भाइरस लाग्न नदिन के के गर्ने भन्ने कुराको जानकारी प्रदान गरेपछि टिभीमा पनि...

हुण्डाई मनसुन योजना

हुण्डाई मनसुन योजना

हुण्डाई मोटर्सकालागि नेपालको आधिकारिक विक्रेतालक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले मनसुन लक्षित आकर्षक योजनाहुण्डाई मनसुन डिलाइट सार्वजनिक गरेको छ । ...

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्ध पछि हुवावेको आम्दानी ३० अर्ब अमेरिकी डलर कम हुने ...