coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

जोशी पाटाको ‘गभर्नमेन्ट डेस्टिनेसन बोर्ड’ अध्यक्ष

काठमाडौं- नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशी प्यासाफिक एसिया ट्राभल एसोसिएसन (पाटा) को ‘गभर्नमेन्ट डेस्टिनेसन बोर्ड’ अध्यक्षमा सर्वसहमत चयन भएका  छन् ।
दुई वर्षअघि पर्यटन बोर्ड सिइओ नियुक्तिसँगै भूकम्प र इन्धन आपूर्ति असहजताका बीच पर्यटनलाई पुनर्ताजगी र चाहिएको बजारीकरण गराउन बोर्डका प्रयासमा नेतृत्व गरेका जोशी पाटामा नेपालको आबद्धताको पाँच दशकपछि उक्त कमिटीको अध्यक्षता गर्ने पहिलो नेपाली बनेका छन् । 
अध्यक्ष चयन भएलगत्तै जोशीले यस अवसरलाई सम्पूर्ण सदस्य राष्ट्रहरू विशेषतः नेपालको पर्यटनको गुणात्मक वृद्धिका लागि अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले पर्यटनको स्थायी लाभको साझेदारी र पर्यटन गन्तव्यको साझा हेरविचारबाट सम्भव हुने बताए ।
दक्षिण कोरियाको वाङहोङमा हालै भएको पाटाको वार्षिक साधारणसभाले जोशीलाई अध्यक्ष चयन गरेको हो । पाटा पर्यटनको विविध क्षेत्रमा विशिष्टता र विशेषज्ञताका लागि परिचित अन्तर्राष्ट्रिय संगठन हो । पाटामा एसिया प्रशान्त क्षेत्रका ९५ सरकारी, सहरी पर्यटन संस्था, २५ बढी अन्तर्र्राष्ट्रिय वायुसेवा कमपनी, अन्तर्राष्ट्रिय विमानस्थल, १ सय ८ आतिथ्य सत्कार संस्था, ६५ भन्दा बढी शैक्षिक संस्था तथा ३६ भन्दा बढी स्थानीय च्याप्टरमा लाखौंै पर्यटन व्यवसायी संलग्न छन् ।
 

चिनियाँ भाषामा पर्यटन बोर्डको वेबसाइट
नेपाल पर्यटन बोर्डले छिमेकी चीनबाट पर्यटक आकर्षित गर्ने उद्देश्यका साथ चिनियाँ भाषामा वेबसाइट सञ्चालनमा ल्याएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले उक्त वेबसाइट सार्वजनिक गरे ।
नेपालका प्रमुख पर्यटन गन्तव्यसहित पर्यटन क्षेत्रका अधिकांश जानकारी समेटिएको उक्त वेबसाइटबाट नेपाल घुम्न आउने र आएका चिनियाँ पर्यटकलाई थप सहज हुने बोर्डको भनाइ छ । 
पछिल्लो पटक चिनियाँ पर्यटक संख्या वृद्धि भइरहेको र उनीहरूलाई नेपालका पर्यटन गन्तव्य, ऐतिहासिक, धार्मिक, सांस्कृति स्थल, मठमन्दिर, हिमाल, प्राकृतिक वातावरणलगायत जानकारी दिन वेबसाइट सुरु गरिएको बोर्डले जनाएको छ । 
वेबसाइट सार्वजनिक कार्यक्रममा पर्यटन सचिव कृष्णप्रसाद देवकोटा, नेपालका लागि चीनका राजदूत यु होङ, पर्यटन बोर्डकी वरिष्ठ निर्देशक नन्दिनीलाहे थापालगायतले चिनियाँ भाषाको वेबसाइटबाट मुलुकको पर्यटन प्रवद्र्धनमा उल्लेख्य सहयोग पुग्ने बताएका थिए । 


 

प्रकाशित: ८ जेष्ठ २०७५ ०७:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App