८ वैशाख २०८१ शनिबार
समाज

यी हुन् सुन तस्करका नाइके 'गोरे' भनिने चुडामणि उप्रेती

तस्विर : दिपेश श्रेष्ठ / नागरिक

काठमाडौं– सुन तस्करका मुख्य नाइके गोरे भनिने चुडामणि उप्रेती पक्राउ परेका छन् । प्रहरीले मंगलबार गृहमन्त्रालयमा पत्रकार सम्मेलन गर्दै गोरलाई सार्वजनिक गरेको छ । आयोजित पत्रकार सम्मेलनमा गोरेलाई आज बिहान काठमाडौंको गौरीघाटबाट पक्राउ गरेको जानकारी गरायो । 

काे हुन् गाेरे ?

युवाराज विवश/माेरङ 

मोरडको उर्लाबारी चोक हुँदै पशुपति मार्ग छिरेको झन्डै २ सय मिटरमा एउटा पुरानो तर मान्छेको खासै बसोबास नभएको सेतो घर आउँछ। घरको माथिल्लो तल्लामा कोही बस्दैनन् । तल्लो तल्लामा दुई परिवार भाडामा बस्छन् । माथिल्लो तल्लामा बस्ने मान्छे वर्षमा एक, दई पटक आउछन् । तर खासै नजिकैका छिमेकीसँग बोलचाल छैन । कारमा आउँछन्, भित्र छिर्छन, काम सक्छन्, कारमै फर्कन्छन् । डेढ महिना यता माथिल्लो तला पनि सुनसान छ । तल तस्बिरमा देखिएको सेतो रंगको घर चुडामणि उप्रेती गोरेको हो। 

मोरडको इटहरा हालको रतुवामाइ नगरपालिकाका नेत्र उप्रेतीका जेठा छोरा गोरेले प्रारम्भिक शिक्षा भने इटहराकै सरस्वती माविबाट गरे । त्यहाँका एक पूर्व शिक्षकका अनुसार इटहराको कट्नुका चुडामणि सानैदेखि विद्यालय जान नमान्ने स्वभावका थिए । बोरामा हालेर विद्यालय लैजानु पर्थ्यो, ती शिक्षकले भने, पढाइमा ध्यान थिएन, बुबा पनि प्रहरी भएकाले उनीमा सानैबाट त्यो रवाफ थियो ।' ३ कक्षा पछि उनी धरानको पुलिस विद्यालयमा भर्ना भए । विद्यालय शिक्षा भने उतैबाट हासिल गरे। नजिकैका छिमेकीका अनुसार गोरे घरमा आएपनि घरमा भने बस्दैन थिए ।

खास नाम चुडामणि भएपनि उनको हुलिया विदेशीको जस्तो भएका कारण उनलाई गोरे नामबाट सबैले चिन्थे । कैलो र कर्ली कपाल, अनुहार पनि विदेशीकै जस्तो गोरो थियो, उनको परिवारलाई नजिकैबाट चिन्ने एक व्यापारीले भने, त्यस कारण सानैबाट उनलाई सबैले गोरे भने । असली नाम त अहिले पत्रिकामा आएपछीमात्रै थाहा भयो । चुडामणिका बुबा नेत्र शुरुवातमा पञ्चायती व्यवस्थाका समर्थक थिए । रतुवामाइ ८ मा उनको घर र जग्गा छ । बुहदलीय व्यवस्था पक्षधरलाई उनले पटक्कै रुचाउदैन थिए, इटहराका पुराना एक कम्युनिष्ट नेताले भने, भलिबल राम्रो खेल्दै त्यही परिवेशमा उनको जेठो छोरो पनि हुर्कियो ।

विद्यालय शिक्षा सकेपछी गोरे नेपाली सेनामा भर्नाका लागि आवेदन दिए । आवदेन पछी उनले नाम समेत निकाले तर तालिमका दौरानमा भने उनी सेनाबाट भागे । भागेर लगत्तै दुबइ पुगे । केही बर्ष दुबइ बसेपछि उनी परिवर्तित स्वरुपमा देखिए, ती व्यापारीले भने, वरिपरि मान्छे सहित आउने गर्थे, चिनेका मान्छेलाई समेत वेवास्ता गर्ने गर्थे । गोरे बुवा नेत्रको दवावका कारण सेनामा भर्ना भएका थिए । तर पछी उनले मनस्थिति परिवर्तन गरेर जागिरै छाडेर हिडे ।

पारिवारिक पृष्ठभूमि
बुबा प्रहरी भएका कारण उनलाई नपुग्दो केही थिएन् । बुबाले घर पायककै जागिर खाए । कहिले दमक कहिले पथरी तिरै उनको सरुवा भयो । बुवाकै कारण उनले पुलिस विद्यालयमा भर्ना पाए । तर अपेक्षाकृत पढाइको नतिजा निकाल्न नसकेपछी उनले छोरालाई उर्लाबारी क्याम्पसमा भर्ना गरिदिए । त्यहाँ पनि पढ्न नसकेपछी सेनामा लगाएका थिए ।
उर्लाबारीमा घर भएपनि परिवारकै आइजाइ भने कम्ती थियो । गोरेका बुवा र आमा नजिकैका छिमेकीको बिहेमा फागुन २० गते आएका थिए । त्यसपछी एक महिना घरमा बसेर उनीहरु काठमाडौ गए । घरमा आएपनि आफन्त भेट्ने, बोल्ने परिवारका सदस्यको स्वभाव भने थिएन्, एक जना छिमेकीले भने, नमस्ते गरेको पनि फर्काउदैन थिए । बुवाको पुख्र्यौली सम्पत्ति अढाइ बिगाह इटहराको कट्नुमा छ भने एउटा घर उर्लाबारीमा छ ।

सनम हत्याकाण्ड
सनम शाक्य र चुडामणि उप्रेती एउटै उमेरका भए पनि खासै बोलचाल भने थिएन् । सनमको घर उर्लाबारी थाना नजिकै छ । सनम गोरेका लागि काम गर्न थालेको धेरै पनि भएको थिएन । उनी भरियाको काम गर्ने गरेका थिए । अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतका अनुसार सनमलाई गोरेले भनेको ठाउँमा सुन नपुगेको आरोपमा हत्या गरिएको हो । गोरेले कुनै एक जना व्यापारीलाई सुन दिनु भनेका थिए, सनमले दिएका पनि थिए तर पाउने मान्छेले सुन नपाएको भनेपछी गोरेका मान्छेले सनमको हत्या गरेका हुन्, ती अधिकृतले भने, घटना पनि उर्लाबारी–१ को सोल्टी खोला नजिकै भएको हो । तर त्यहाँ स्थानीय प्रहरीलाई भने घटनास्थलसम्म जान दिइएन् । केन्द्रीय अनुसन्धान टोलीले घटनास्थलसम्म मात्रै स्थानीय प्रहरीलाई लगेपनि घटनास्थल पुग्न र मुचुल्का उठाउन भने दिएन ।

सनमको हत्या हुनु अगाडि गोरे दमकको कामक्षा होटलमा चार दिनसम्म बसेका थिए । होटलमा बसे पनि उनी बाहिरबाट खाना मगाएर खाने गर्थे । प्रहरी स्रोतका अनुसार सनमको हत्या गोरेको समुहले सोही होटलमा बसेर बनाएको हो । हुलमा हिड्न रुचाउने भएका कारण गोरे त्यहाँ पुगेको एक जना प्रहरी अधिकृतले आशंका गरेका थिए । ती प्रहरी अधिकृत भने, ‘तर होटल सञ्चालकले नियमित ग्राहक भनेर पन्छिएका थिए।’ गोरेको समुहले होटलको कोठामा बसेर हत्याको योजना बनाएको प्रहरी स्रोतको दाबी छ । घटना हुनुभन्दा दुई दिन अघि गोरे दिल्लीको बाटो हुँदै दुबई भागेको आशंका प्रहरीको छ ।

 

प्रकाशित: ८ जेष्ठ २०७५ ०६:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App