औषधिको क्लिनिकल परीक्षण

मङ्गलबार, ०८ जेठ २०७५, १० : २७ डा. सुभाष पोखरेल

वरिष्ठ स्नायुरोग विशेषज्ञ डा. उपेन्द्र देवकोटा आफूलाई लागेको महारोग क्यान्सर संसारको कुनै पनि कुनामा गए पनि ठीक नहुने ठहर गर्दै नेपाल फर्किए । इलाजका लागिक्लिनिकल ट्रायलको परीक्षण औषधि गर्नुबाहेकका विकल्प बाँकी नरहेको र त्यसो गर्न आफू तत्पर नभएको बताए डा. देवकोटाले।

शुभचिन्तकहरूले उनले नेपाल आउनुको बदला बेलायतमा बसेर परीक्षण औषधि गरेका भए पूर्ण तन्दुरुस्त भएर फर्कन्थे कि भन्ने चाह राख्नु अन्यथा होइन ।संसारका एकतिहाई मानिस उनीहरूकोजीवनकालमा क्यान्सरले थलिने तथ्याड्कले देखाउँछ । संसारमा १०० भन्दा अधिक किसिमका क्यान्सर देखिए । हजारौँ प्रयोगशालामा लाखौँ वैज्ञानिकहरू अहोरात्र खट्दासमेत कुनै एक किसिमको क्यान्सरको पनि पूर्ण इलाज गर्न मेडिकल साइन्स सफल भएको देखिन्न । क्यान्सरको उपचार किन त्यतिकठिन भयो त भन्ने प्रश्न टड्कारो देखियो।

क्यान्सर औषधिको उत्खनन प्रयोगशालाबाट सुरुहुन्छ । कोसहरूको अनियन्त्रित वृद्धिनै क्यान्सरको कारक हुने भएकाले सर्वप्रथम अर्बुद कोस मार्ने रासायनिक पदार्थ पहिल्याउने काम हुन्छ ल्याबमा । त्यसका लागि सर्वप्रथम क्यान्सरले आक्रान्त भएको बिरामीको शरीरबाट अर्बुद रोगका कोसहरू निकालिन्छ । यसरी निकालिएको अर्बुद रोगका कोसहरूलाई प्रयोगशाला विधिमार्पmत विभाजन गरिन्छ, जनसंख्या बढाइन्छ । त्यसरी ल्याबमा विभाजन गरिएका कोसलाई संभाव्य रासायनिक पदार्थसँग प्रतिक्रिया गराइन्छ ।

संसर्गमा आएका रासायनिक पदार्थमध्ये जसले क्यान्सरका कोसहरू मार्छ अथवा त्यसको वृद्धि नियन्त्रण गर्न सक्छ उक्त केमिकल अर्बुद रोगको औषधि हुन सक्ने संभाव्य उमेदवार मानिन्छ । यसरी पत्ता लागेको केमिकलले साँच्चिकै क्यान्सरको विरामीलाई ठीक गर्छ त भन्ने कुरा एकिन गर्नका लागि सर्वप्रथम जनावरलाई उक्त अर्बुदरोगको कोसबाट संक्रमित गराइन्छ । क्यान्सरग्रस्त उक्त जनावरलाई ल्याबमा पत्ता लगाएको औषधि दिँदा अर्बुद रोग नियन्त्रण भएको पाइएमा उक्त केमिकल क्यान्सरको संभाव्य ओखती हुन सक्ने ठहर गरिन्छ । तर जनावरको शारीरिक बनोट र मानवीय तन्तुहरू फरक हुने भएकाले मुसाको क्यान्सर ठीक पार्ने ओखतीले मानिसमा लागेको अर्बुदरोग निको पार्छ भन्ने ठोस आधार छैन।

सामान्य कोसको आणुवांशिक पदार्थ, डिएनएमा खराबी आउँदा कोसको विभाजन अनियन्त्रित बन्छ । अनियन्त्रित विभाजन हुने गुण भएका कोस क्यान्सरका चरित्र हुन् । अर्बुद कोसहरू अनियन्त्रितरूपले विभाजित हुँदा तिनमा अन्तरनिहित डिएनए थप क्षतिग्रस्त बन्छ । त्यसले गर्दा अघिल्लो पुस्ताका अर्बुद कोसहरू चारीत्रिक हिसाबले पछिल्लो पुस्ताका क्यान्सर सेलभन्दा फरक हुन पुग्छन्।

क्यान्सरको औषधि सेवन गर्दा शारीरिक पीडाकासाथ कुनै बिरामी अस्पतालको सघन उपचार कक्षमा कुजिएर एक वर्ष अधिक बाँच्नु र गुणस्तरीय हिसाबले एक वर्षअगाडि नै मृत्यु वरण गर्नुमा के रोज्ने भन्ने प्रश्नको उत्तर सहज देखिन्न ।
 

त्यसले गर्दा अघिल्लो पुस्तालाई लक्षित गरी बनाएका क्यान्सरको औषधि पछिल्लोका लागि निस्प्रभावी बन्छ । त्यसैले एक व्यक्तिलाई निको पार्ने क्यान्सरको औषधिले अर्को व्यक्तिलाई स्वस्थ बनाउन सक्दैन भन्ने अवधारणा बनाइयो र परीक्षणले उक्त मान्यतालाई ठीक पनि सावित गर्यो । त्यसैले क्यान्सर रोगको इलाजका लागि ‘पर्सनलाइज्ड ट्रिटमेन्ट’ को अवधारणा अघि सारियो । उक्त अवधारणाअनुसार प्रत्येक व्यक्तिको क्यान्सर फरक हुने भएकाले व्यक्ति नैपिच्छे फरक–फरक औषधि चाहिन्छ भन्ने हो । सैद्धान्तिकरूपले पर्सनलाइज्ड ट्रिटमेन्टको अवधारणा ठीक देखिए पनि क्यान्सरको संक्रमणतीव्र गतिमा हुने भएकाले बिरामीका लागि उचित औषधिको विकास हुन नपाउँदै उसको मृत्यु हुने देखियो । त्यसैले पनि पर्सनलाइज्ड ट्रिटमेन्टले तार्किक परिणाम दिन कठिन छ।

अब औषधिको बजारसम्मको यात्राको गोरेटो हेरौँ । कुनै पनि औषधि बजारमा आउनकालागि उक्त ओखतीले जुन रोग निको पार्ने दाबा गरिएको हो त्यो बिरामी ठीक गर्नुपर्ने हुन्छ । त्यसका अतिरिक्त उक्त औषधि सेवन गर्दा स्वास्थ्यमा प्रतिकूल असरसमेत पार्नुहँुदैन भन्ने औषधि विज्ञानको मूल धर्म हो । एक रोग ठीक पारेर अर्को नवीन बिरामी भित्र्याउने औषधि बजारमा भित्रिनुहँुदैन भन्ने कुरामा संसारका अनुगमन निकायहरू सजगछन् ।

उल्लिखित सरोकारहरूसंबोधन गर्नका लागि बजारमा जानुअघिऔषधिहरूले विभिन्न चरणका क्लिनिकल परीक्षण पार गर्नुपर्ने हुन्छ । प्रथम चरणको क्लिनिकल ट्राइलमा बिरामीहरूलाई औषधि सेवन गर्न दिइन्छ अनि उक्त केमिकलले बिरामीको स्वास्थ्यमा पारेको असरको लेखाजोखा गरिन्छ । एकैपटक धेरै बिरामीलाई परीक्षण औषधि दिँदा कदाचित उक्त ओखतीका संगीन नकारात्मक असरहरू देखिएमा ठूलो जनसंख्या संक्रमित हुने भएकाले प्रथम चरणको क्लिनिकल ट्रायलमा सामान्यतः ३–४ दर्जन जनसंख्यालाई मात्र सामेल गरिन्छ ।

प्रथम चरणको परीक्षणमा बिरामीलाई कुनै पनि नकारात्मक प्रभाव नपारी औषधिले रोगलाई नियन्त्रण गरे अथवा बिरामीको स्वास्थ्यमा पारेको प्रतिकूल प्रभावको तुलनामा मरिजले पाएको स्वास्थ्य सुविधा धेरै वजनदार देखिए उक्त औषधि क्लिनिकल ट्रायलको दोस्रो चरणमा प्रवेश गर्छ । अन्यथा उक्त केमिकलको औषधि यात्रा त्यहीँ टुड्गिन्छ।

सानो समूहमा गरिएको नमुना परीक्षणले दवाइका सबै सकारात्मक र नकारात्मक असरहरू पहिल्याउन गाह्रो पर्ने भएकाले दोस्रो चरणमा करिव ३–४ सय बिरामीलाई उक्त ओखती परीक्षण गर्न दिइन्छ र औषधिले पारेको असरको तथ्याड्क एकिन गरिन्छ । प्रथम चरणमा जस्ताे बिरामीलाई उक्त रासायनिक पदार्थको उपभोगले फाइदा देखिए उक्त रासायनिक पदार्थ क्लिनिकल ट्राइलको तेस्रो चरणमा प्रवेश गर्छ ।

सामान्य औषधिहरू बजारमा आउन सालाखाला ७ वर्ष लाग्ने गरेको देखिन्छ भने क्यान्सरका औषधिहरूले बजारमा प्रवेश गर्न झण्डै १३ वर्ष कुर्नुपरेको देखाउँछ आकडाले । त्यसो हुनुको कारण विभिन्न चरणको परीक्षणमा क्यान्सरका औषधिले बिरामीलाई फाइदा वा नकारात्मक प्रभाब के पार्यो भन्ने प्रष्ट किटान गर्न कठिन हुनु देखिन्छ ।

उक्त समूहमा १ देखि ३ हजार विरामीलाई उक्त रासायनिक पदार्थको खोराक दिइन्छ र त्यसले पारेको प्रभावको लेखाजोखा गरिन्छ । यसरी क्लिनिकल परीक्षणको ३ चरण पास गरेको केमिकललाई अनुगमन निकायले खुलारूपमा बजारमा बेच्न अनुमति दिन्छ । अनि संसारका सबै बिरामीले सहजै औषधि किन्न र उपभोग गर्न पाउँछन् ।

तथापि उक्त नवीन औषधिले जनस्वास्थ्यमा प्रतिकूल असर पारेको छ÷छैन, त्यसको अनुगमन भने निरन्तर भइरहन्छ । केमिकलले तीन चरणको परीक्षण पास गरी बजारमा पुग्नका लागि सालाखाला ७ वर्ष लाग्ने गरेको देखिन्छ भने उक्त अवधिमा अरबौँ डलर रकम लगानी भइसकेको हुन्छ । बजारमा आएका नवीन औषधिहरू अचाक्ली महँगा हुनुको कारण ओखती उत्पादनका क्रममा हुने ठूलो लगानी र लामो समयनै हो भन्दा अन्यथा हुन्न ।त्यसका अतिरिक्त तथ्याड्क हेर्दा प्रतिस्पर्धीमध्ये एक प्रतिशत केमिकलले मात्र औषधिका रूपमा बजारमा प्रवेश गर्ने भएकाले अन्यत्र भएको असफलताको क्षतिपूर्ति गर्नसमेत औषधि उत्पादक कम्पनीले औषधिको दाम अधिक राख्ने नै भए।

सामान्य औषधिहरू बजारमा आउन सालाखाला ७ वर्ष लाग्ने गरेको देखिन्छ भने क्यान्सरका औषधिहरूले बजारमा प्रवेश गर्न झण्डै १३ वर्ष कुर्नुपरेको देखाउँछ आकडाले । त्यसो हुनुको कारण विभिन्न चरणको परीक्षणमा क्यान्सरका औषधिले बिरामीलाई फाइदा वा नकारात्मक प्रभाब के पार्यो भन्ने प्रष्ट किटान गर्न कठिन हुनु देखिन्छ । उदाहरणका लागि कुनै औषधि सेवनले क्यान्सरको बिरामीलाई केही लामो समय त बचायो तर उसले गुणस्तरीय जीवन बाँच्न पाएन भने उक्त औषधिको औचित्य सावित गर्न कठिन बन्छ । क्यान्सरको औषधि सेवन गर्दा शारीरिक पीडाकासाथ कुनै बिरामी अस्पतालको सघन उपचार कक्षमा कुजिएर एक वर्ष अधिक बाँच्नु र गुणस्तरीय हिसाबले एक वर्षअगाडि नै मृत्यु वरण गर्नुमा के रोज्ने भन्ने प्रश्नको उत्तर सहज देखिन्न।

दशकौँदेखिको उपचार विधि केमोथेरापीले सामान्य र अर्बुद कोसको फरक छुट्याउन नसक्ने र दुवै प्रकृतिका सेललाई समानरूपले नास गर्ने भएकाले परिस्कृत औषधिको आवश्यकता महसुस गरियो । उक्त आवश्यकता पूर्ति गर्न स्विस कम्पनी एडिसी थेराप्युटिक्सले क्यान्सरका कोसलाई मात्र नास गर्ने लक्ष्यका साथ एन्टिबढीमा आधारित औषधि उत्पादन ग¥यो । तर सबैभन्दा अग्रभागमा रहेको एउटा औषधिले क्लिनिकल ट्रायलको परीक्षण पास गर्न सकेन ।

गत महिनाऔषधिले अपेक्षित परिणाम दिन सकेन भन्ने खबर बाहिरियो । एन्टिबढीमार्फत क्यान्सरको उपचार गर्न नसकिने देखियो । त्यस्तै अवस्था देखियो इम्युनो थेरापीमा आधारित अर्बुदरोगको औषधिको कथा पनि ।मेडिकल साइन्समा दैवी शक्तिको खासै गुञ्जायस छैन तर केही घटनाले विज्ञानका सामान्य सिद्धान्तलाई विपरित धारमा पुर्याउँछ । क्यान्सर लागेर डाक्टरले मिति तोकेका बिरामी स्थिर अवस्थामा पुगी लामो समय बाँच्नुलाई चमत्कार भनिन्छ नै । त्यस्ता अद्भूत घटनालाई थप उत्खनन् गर्नु विज्ञानको धर्म पनि हो।

केही वर्षअघि क्यान्सरले थलिएर मृत्युशैयामा पुगेको बिरामीले पुनर्जन्म पाएको खबर सार्वजनिक हुनेबित्तिकै वैज्ञानिकहरू कारण खोतल्न पुगे । परीक्षण गर्दा अर्बुदरोगले थलिएको बिरामीलाई भाइरसले संक्रमण गरेको देखियो । थप उत्खनन् गर्दा भाइरसले अर्बुद रोगका कोसहरूलाई संक्रमण गरी मारेका कारण विरामी तग्रँदै गरेको पाइयो । उक्त परिणामले भाइरसमा आधारित क्यान्सरको उपचार खोज्ने अवधारणा विकास भयो । त्यसै क्रममा हालैमात्र जन्सन एन्ड जन्सनलेभाइरसमा आधारित क्यान्सरको अनुसन्धान गर्ने कम्पनी खरिदका लागि आफूले एक अरब अमेरिकी डलर खर्चन तत्पर भएको बतायो । भाइरसमा आधारित क्यान्सरको औषधिले अर्बुद रोग ठीक पार्ला÷नपार्ला, त्यो त भविष्यले नै बताउला।

लाखाैं वैज्ञानिकको अनवरत प्रयास तथा खरबौँ डलरको लगानीले समेत क्यान्सरको औषधि उत्खननमा खासै सकारात्मक परिणाम दिन नसकेको परिवेशमा संयुक्त राज्य अमेरिकाको कोलम्बिया विश्वविद्यालयका अंकोलोजीका प्राध्यापक सिद्धार्थ मुखर्जीद्वारा लिखित पुलिट्जर पुरस्कार प्राप्त पुस्तक ‘द एम्परर अफ अल मेलोडिज, ए बायोग्राफी अफ क्यान्सर’ ले सर्वसाधारणकालागि बुझ्ने भाषामा क्यान्सरको चिरफार गरेकोछ । क्यान्सर एउटा बिरामी होइन, बरु धेरै शारीरिक विकृतिहरूको साझा रोग भएकाले अर्बुदरोगको इलाज सहज छैन भन्नेडा. मुखर्जीको भनाइमा असहमत हुने अवस्था रहेन । अहिलेको उत्खनन् विधिमा आधारभूत परिवर्तन नभए क्यान्सरको इलाज अझ एक शताब्दीमा पनि सम्भव छैन भन्ने कुरामा विमति राख्न सकिन्न ।

सामान्य चरित्रको बेनाइन क्यान्सरको इलाज सहज भएको देखिए पनि पैmलने प्रकृतिको मेटास्ट्याटिक क्यान्सरको इलाज कहाँ भएको छ र ? क्यान्सरको औषधि निर्माणका आधारभूत अवधारणामा वैज्ञानिकहरू नै एकमत हुन नसकेको अवस्थामा डा. देवकोटाले क्यान्सरको क्लिनिकल ट्राइलमा आफूलाई समाहित गर्न हिच्किचाउनु अस्वाभाविक कहाँ हो र ? तर भगवानले चाहँदा भाइजस्ताे अन्य विधिमार्फत प्राकृतिकरूपमै क्यान्सरको नियन्त्रण नहोला भन्न कहाँ सकिन्छ र ?त्यस्तै अग्रेजी दबाइले क्यान्सर ठीक हुँदैन भन्दैमा मरेकालाई जियाउने अमृतको भण्डार रहेको हिमालय भेगका जडीबुटीले पनि अर्बुद रोग निको पार्दैन भन्नु अलि कच्चा हुन्छ कि?

 







यसमा तपाईको मत


अन्य समाचार

कम्प्युटरमा कति जीबी र्याम ( RAM ) पर्याप्त ?

कम्प्युटरमा कति जीबी र्याम ( RAM ) पर्याप्त ?

तपाईंले कुन प्रायोजनका लागि कम्प्युटर खरिद गर्दै हुनुहुन्छ, सो कुराले नै तपाईंलाई कति जीबी र्याम चाहिन्छ भन्ने कुरा निर्धारण गर्छ...

सामसंगको सबैभन्दा महँगो स्मार्टफोनको डिस्प्ले केहि दिन मै बिग्रन सुरु

सामसंगको सबैभन्दा महँगो स्मार्टफोनको डिस्प्ले केहि दिन मै बिग्रन सुरु

रिभ्युका लागि पठाईएको ग्यालेक्सी स्मार्टफोन १ दिन कै प्रयोगमा बिग्रिएको छ ...

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

यस अपडेटमा माइक्रोसफ्टले थुप्रै नयाँ र आकर्षक फिचरहरु थपेको छ ...

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरको डार्क मोडलाई सेटिंगबाटै सोझै सुचारु गर्न मिल्ने ...

PUBG ( पब्जी ) खेलको विकल्पहरू

PUBG ( पब्जी ) खेलको विकल्पहरू

एन्ड्रोइड र आइफोनमा उपलब्ध पब्जी खेलका विकल्पहरू ...

सामसंग जे सिरिजको अन्त्य

सामसंग जे सिरिजको अन्त्य

उक्त जे सिरिजको स्थानमा सामसँगका मिडरेज स्मार्टफोनहरू ए सिरिज भएर रिलिज हुनेछन् । ...

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

माइक्रोसफ्टको मोबाइल अपरेटिंग सिस्टम विन्डोज फोनका लागि विश्व कै सबैभन्दा प्रचलित सामाजिक संजालहरू नचल्ने भएको छ । ...

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गर्दा ख्याल गर्नु पर्ने कुराहरू ...

Ncell Footer Ad