७ वैशाख २०८१ शुक्रबार
समाज

अन्तर्राष्ट्रिय जैविक विविधता दिवस आज, विभिन्न कार्यक्रम गरी मनाईँंदै

 काठमाडाैं - अन्तर्राष्ट्रिय जैविक विविधता दिवस आज,  नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईँंदैछ । जैविक विविधताका मुद्धाप्रतिको बुझाई र सचेतना वृद्धि गर्ने उद्धेश्यले संयुक्त राष्ट्रसंघको आव्हानमा हरेक वर्ष मे २२ तारिखमा यो  दिवस मनाउने गरिएको छ ।

परापूर्वकालदेखि नै नेपाली सनातन परम्पराले विभिन्न वनस्पति तथा प्राणीलाई विभिन्न भगवानका रूपमा आस्था राखी पूजा गर्दै आएको छ। विशेष गरीकन हिन्दु धर्मावलम्बीले वर, बेल, रुद्राक्ष र अशोकलाई भगवान् शिव, पीपल र बाबियोलाई भगवान् विष्णु, शमी र दुबोलाई गणेश, तुलसी र अमलालाई लक्ष्मी, कुश र पलाँसलाई ब्रह्मा अनि खयरलाई अग्निका रूपमा स्विकारेको देखिन्छ।

त्यसै गरी किरात–मुन्धुमलाई त पूर्ण रूपमै भूमि तथा जैविक विविधता पुजारीकै रूपमा लिएको पाइन्छ। जैविक परम्परा त भगवान् बुद्धले बुद्धत्व प्राप्ति गरेको वृक्षकै वरिपरि घुमेको छ। कुरान तथा बाइबल समेत वन, वनस्पति तथा जैविक विविधताप्रति सामीप्य राख्छन्।।

प्रकाशित: ८ जेष्ठ २०७५ ०२:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App