coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

वित्तीय संस्था संघको अध्यक्षमा पुनः तुलाधार

काठमाडौं– नेपाल वित्तीय संस्था संघको अध्यक्षमा पुनः सरोजकाजी तुलाधार निर्विरोध निर्वाचित भएका छन् । संघको हालै सम्पन्न २२औं वार्षिक साधारण सभाले गुडविल फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तुलाधार दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो।

संघको प्रथम उपाध्यक्षमा गोर्खाज फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार राई र द्वितीय उपाध्यक्षमा युनाइटेड फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सुनान्द श्रेष्ठ चयन भएका छन् । महासचिवमा गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ निर्वाचित भएका छन् । कोषाध्यक्षमा मञ्जुश्री फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष निरौला निवार्चित भएको संघले जनाएको छ ।

संघको कार्यकारी समिति सदस्यमा रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ, सेन्ट्रल फाइनान्सका रजोजमान श्रेष्ठ, जेबिल्स फाइनान्सका लक्ष्मीलाल नकर्मी, श्रृजना फाइनान्स कम्पनीका भवानीशंकर चापागाईं, ललितपुर फाइनान्सका सुरेन्द्रबहादुर न्हुछे प्रधान र श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्सका लिलामणि न्यौपाने छानिएका छन्।

अध्यक्ष तुलाधरले दुईजना कार्यकारी सदस्यमा सिटी एक्सप्रेस फाइनान्सका प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसे र प्रोग्रेसिभ फाइनान्सका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाईंलाई मनोनीत गरिसकेका छन् । सल्लाहकार समितिमा आइसिएफसी फाइनान्सका डेपुटी प्रमुख कार्यकारी अधिकृत सुनिल पन्त, रिलायन्स फाइनान्सका डेपुटी प्रमुख कार्यकारी अधिकृत समाजप्रकाश श्रेष्ठ र जानकी फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रजनीशकुमार सिंह छन् ।

प्रकाशित: ८ जेष्ठ २०७५ ०१:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App