८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

युद्ध अपराधमा कंगोका पूर्व उपराष्ट्रपतिलाई १८ वर्ष जेल

अन्तराष्ट्रिय फैजदारी अदालतले अफ्रिकी मुलुक कंगोका पूर्व उपराष्ट्रपति जनरल पीएर बेम्बालाई युद्ध अपराधमा जेलसजाय सुनाएको छ।
उनलाई उक्त अदालतले सन् २००२ देखि २००३ सम्म कंगोमा गैरसैनिकहरुको हत्या र बलात्कार गर्न आफ्ना सैनिकहरुलाई रोक्न कुनै कदम नचालेको भनि युद्ध अपराधमा दोषि ठहर गरिएको हो।
उनले यस अघि ८ वर्ष जेल सजाँय भुत्तानी गरिसकेकाले सो अबधिलाई सजाय भुत्तानिका रुपमा लिइने पनि अदालतले जनाएको छ। नेदरल्याण्डको हेग स्थित अन्तराष्ट्रिय फौजदारी अदालतकी न्यायाधीश सिल्भिया स्टाइनरले बेम्बाले मध्य अफ्रीकी गाणतन्त्रमा पठाइएको आफ्नो नीजि मिलिसियामाथी नियन्त्रण कायम गर्न नसकेको र उनीहरुलाई बतात्कार तथा हत्या गर्न बाट नरोकेको अभियोमा बेम्बालाई दोषि पाइएको बताइन्।
बेम्बाले कंगोमा गृहयद्ध चलिरहदाँ एमएलसि नामको समूहको नेतृत्व गरेका थिए। सन् २००३ मा सरकारसँगको शान्ति सम्झौतापछि उनी अन्तरिम सरकारमा उपराष्ट्रपतिका रुपमा सामेल भएका थिए।
यता उनका वकिलहरुले भने यो निर्णय विरुद्ध पुनरावेदन गर्नै बताएकाछन्।

 

 

प्रकाशित: ८ असार २०७३ १०:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App