coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अबैध ढुंगा ओसार्ने ट्रक र नदी उत्खनन् गर्ने एक्साभेटर नियन्त्रणमा

पर्वत– जिल्ला प्रहरी कार्यालय पर्वतले अबैध गतिविधि गर्नेप्रति निगरानी बढाएको छ। कार्यालयले मध्यरातको समयमा अबैध रुपमा पोखरातर्फ ढुंगा ओसार्ने दुई ट्रकलाई नियन्त्रणमा लिएको छ। आइतबार राती १२ बजेको समयमा प्रहरीले अबैध रुपमा कटिङ गरी म्याग्दीबाट पोखरातर्फ लैजादै गरेका दुई वटा ना७ख १८१७ र लु२ख ९५३ नम्वरका ट्रक नियन्त्रणमा लिएको हो। 

ती दुबै ट्रकलाई प्रहरीले आवश्यक कारबाहीका लागि जिल्ला समन्वय समितिमा बुझाएको छ। समन्वय समितिले ३० हजार रुपैयाँ जरिवाना लिएर छाडेको जनाएको छ। अबैध रुपमा कटिङ गरिएका ढुंगा यसअघि पनि पर्वत प्रहरीले नियन्त्रणमा लिदै आएको छ। बिना दर्ता र अनुमतिबिना पर्वत र म्याग्दीबाट ढुंगाहरु कटिङ गरेर पोखरातर्फ विगतदेखि नै लुकीछिपी निकासी हुँदै आएको छ। 

यसैगरी प्रहरीले सोमबार कालीगण्डकी नदीमा नदीजन्य पदार्थ उत्खनन् तथा संकलन गरिहेको अवस्थामा एक एक्साभेटर र दुई वटा ट्रिपर नियन्त्रणमा लिएको छ। बा१क५२९९ नम्बरको एक्साभेटर, ग१ख ५८४० र ग१ख ८१०७ नम्वरका दुई वटा ट्रिपरलाई जिल्ला प्रहरी कार्यालय पर्वतवाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। 

एक्साभेटरसहितका ट्रिपर प्रहरीले सोमबारै जिल्ला समन्वय समिति पर्वतमा बुझाएको छ। ती सवारीसाधनलाई ५५ हजार रुपैयाँ जरिवाना भई छाडिएको जिल्ला प्रहरी प्रमुख दिलिप घिमिरेले जानकारी दिए। 

प्रकाशित: ७ जेष्ठ २०७५ १५:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App