coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कानूनलाई लत्याउँदै ठेकेदारको मनोमानी

रौतहट– कानूनलाई लत्याउँदै ठेकेदारले सडक निर्माणका मनोमानी गरेको पाइएको छ। रौतहटमा सडक निर्माणमा ठेकेदारहरुले मनोमानी गर्दा सर्वसाधारणलाई निकै मर्का पर्न थालेको छ।

सहरी विकास तथा भवन निर्माण विभाग कार्यालय पर्साको मातहतमा रही रौतहटको सदरमुकाम गौरमा निर्माण भइरहेको विभिन्न सडक तथा नालाको निर्माणमा चरम अनियमितता गरेको पाइएको छ। दुई महिना पहिले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संयुक्त शिलान्यास गरेको सडक तथा नाला निर्माणको केही खण्डमा ठेकेदारले नियम कानुनलाई धज्जी उडाउँदै चरम लापरवाही गरेको पाइएको छ। 

स्वचन्द, ढुकुछु, आश्रय जेभी बसुन्धार ३ ले झण्डै १ अर्व ३५ करोडको लागतमा ठेक्का सका गरी गौ, राजदेवी नगरपालिका र यमुनामाइ गाउपालिकामा सडक, नाला निर्माणगर्न बोलपत्र सकार गरी कार्य आरम्भ गर्दा देखि नै गुणस्तरहिन काम गर्दा स्थानीय बासिन्दाहरु विरोध जनाउदा पनि निर्वाध रुपमा काम संचालनमै रहेको छ। 

नगरलाई स्वच्छ सफ हराभरा बनाउनुको साथै समुचित रुपमा व्यवस्थित सडक, नाला, सडक पेटी निर्माण गर्न नेपाल सरकारबाट बजेट विनियोजित भई सहरी विकास तथा भवन विभाग डिभिजन कार्यालय पर्साबाट बोलपत्र आहवान भएपछि उक्त निर्माण कम्पनीले ठेक्का सकार गरेर गौर र राजदेवी नगरपालिकामा कार्य संचालनमा ल्याएका छन्।

राजदेवी नगरपालिकाको ब्रह्मपुरीमा ठेक्का विपरीत सडकको छेउमा करिब पाँच फिट गहिरो खाल्डो खन्दै सडक निर्माण गरेको देखिएको छ। टेन्डरमा सडक नै नभएको ठाउँमा बलजफ्ती आफ्नो स्वार्थका कारण ठेकेदारले पाँच सय मिटर लामो सडक बनाउँदा सडकको दुवैतिर निकै गहिरो खाल्डो खनेका छन्। पानी परेर खाल्डोमा पानी भरिएपछि मान्छे डुबेर मर्ने सम्भावना भएकोले स्थानीयबासी चिन्तित देखिएका छन्।

पाँच सय मिटर बाटो आफैँले बनाएर दशगजासित जोडिँदा तस्करहरुलाई सजिलो हुने स्थानीयको आरोप छ। राजदेवी नगरपालिका ब्रहमपुरी टोलका दीलिप सिंहले सहरी विकास मन्त्रालयको ठेक्कामा नै नभएको सडक आफ्नो जमिन भएर ११ मिटर चौडा सडक केही मान्छेको स्वार्थ पूरा गर्न सडक खनेको आरोप लगाएका छन्। आफ्नो खेतमा उखुबाली रहेकोमा बाहिरबाट माटो ल्याएर सडक खन्न अनुरोध गर्दा आफूलाई ठेकेदारले धम्की दिएको अर्का किसान राम बहादुर राउतले बताएका छन्।

सिंह र राउत त उदाहरण मात्र हुन्। गौर र राजदेवी नगरपालिकाको विभिन्न भागमा निर्मााण् भइरहेको सडकमा दुवैतिर खाल्टो खन्नेजस्तो लापरवाही देखिएको छ। सडकको दुवैतिर खाल्टो देखेर गत वर्ष गरुडामा एकै ठाउँमा चारजना बालिकाको डुबेर मृत्यु भएको घटनालाई सम्झेर चिन्तित हुन थालेका छन्। ठेकेदारले सडकको दया र वाया दुवैतर्फ हात्ति डुब्ने खाल्डो खनेर बालीनाली नष्ट गरेको भन्दै स्थानीयले प्रमुख जिल्ला अधिकारी लगायतका सरोकारवालालाई गुहारेपछि सहरी विकास तथा भवन निर्माण विभाग प्रमुख सुरेश बाग्ले, नागरिक समाजका अध्यक्ष जगन्नाथ केसरी सहितका पदाधिकारीले स्थलगत निरीक्षण गरेका छन्। 

नेपाल कम्युनिष्ट पार्टीका युवा नेता एवं चर्चित समाजसेवी शम्भु साह कानुले गुणस्तरीय कार्य गर्न निर्माण पक्षलाई पटक पटक आग्रह गर्दा पनि सहरी विकासको कर्मचारीको आडमा कमसल कार्य हुँदा बाध्य भएर माथिल्लो निकायमा गुहार्नु परेको बताएका छन्। सहरी विकास तथा भवन डिभिजन कार्यालयका सचिव एवं डिभिजन प्रमुखलाई बारम्बार जानकारी गराउँदा पनि कुनै पक्षले ध्यान नदिएको आरोप साह लगाउँछन्। गत स्थानीय तहको निर्वाचनमा मेयर पदका प्रत्याशी समेत रहेका साहले सडकमा १५ सेन्टीमिटर माटो पुरी पानीको हालेर कम्पेक्सन गरी ६ इन्चमा ल्याउनु पर्ने प्रावधान रहेको भए पनि एकैचोटी पाँच फिट अग्लो सडक पुरेको र रनिंग बिल निकाल्न समेत चलखेल भइरहेकोमा सरकारी निकायको संलग्नता रहेको आशंका लागेको बताएका छन्। नेता साहले बालीको क्षति हुने किसानलाई क्षतिपूर्ति दिनुपर्ने र बाहिरबाट माटो ल्याएर सडक पुर्नुपर्ने बताए। 

प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको नेतृत्वमा गएको निरिक्षण टोलीले गौर र राजदेवी नगरको निर्माणाधिन स्थलमा पुग्दा ठेकेदारले सडकको लेभल भन्दा धेरै माथि उठाएर नाला निर्माण गरेको उक्त नालामा कताबाट पानी जान्छ उनीहरुले अनुगमनमा आएका पदाधिकारीहरु संग प्रश्न गरे? सडक निर्माणका कतै हात्ती डुब्ने खाल्डो छ कतै सडकको सतह भन्दा धेरै अग्लो नाला बनाइएको छ दुवै कार्य एउटै निर्माण कम्पनीले गरेकोले राम्री काम गर्न प्रजिअ रिजालले निर्देशन दिएका छन्। 

नागरिक समाजका अध्यक्ष जगन्नथ प्रसाद केसरीले निर्माण कम्पनीका बदमाशीले गर्दा करोडौं का विकास निर्माण कार्य गुणस्तरहिन भईरहेकोमा स्थानीय प्रशासन लगायत सम्बध निकायको ध्यानाकर्षण गराए। बदमाशी गर्ने ठेक्केदारलाई कारवाही गरेर अकाशे नालालाई भत्काई समुचित रुपमा बनाउनुपर्ने तर्क थियो। गत बर्ष गरुडामा सडक किनारमा रहेको खाल्डोमा चार जना बालिका डुवेर मृत्यु भएको घटनाबाट अझै राज्यले पाठ सिकेको छैन्। तत्कालिन समयमा स्थानीय प्रशासनले पत्रचार गरेर सडक किनारमा खाल्डो नबनाउन निर्देशन दिएको तर उक्त निर्देशनको पटक पटक बेवास्ता गरिएको अध्यक्ष केसीले बताए।

सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय पर्साका प्रमुख वाग्लेले निर्माणाधिन सडकको १० मिटरको पेरिफेरीबाट माटो ल्याएपनि त्यसलाई पुर्ने कार्य निर्माण कम्पनीको रहेको बताए। खाल्डो रहेको छ, त्यसलाई चाडै पुर्न निर्देशन समेत दिएको बताउदै उनले गौरको जुद्ध माध्यमिक विद्यालय नजिक बनिरहेको नालाको लेवल ठिक भएपनि नागरिक समाजको अनावश्यक विरोधका कारण काममा बाधा खडा भएको जवाफ दिए।

प्रकाशित: ७ जेष्ठ २०७५ १४:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App