५ वैशाख २०८१ बुधबार
समाज

सगरमाथा आरोहणका क्रममा दुई विदेशीको मृत्यु

सल्लेरी– सगरमाथा आरोहणका क्रममा एक जापानी नोबुकाजु कुरीकीको मृत्यु भएको छ। 

सगरथामाथा आरोहणका क्रममा शिविर ३ पुगेर फर्कने क्रममा आइतबार राति समूहका पथप्रदर्शकसँग सम्पर्कविहीन ३६ वर्षीय कुरीकीलाई खोज्ने क्रममा सोमबार बिहान मृतावस्थामा भेटिएको प्रहरी निरीक्षक प्रद्युम्नकुमार अधिकारीले जानकारी दिए। कुरीकी गत चैत २० गते बोचीबोची ट्रेक एक्सपिडिसन कम्पनी लाजिम्पाटमार्फत सगरमाथा आरोहणका लागि उनी लुक्ला आएका थिए। उनीसहित आरोहणका लागि पाँच जनासँगै सगरमाथा आधार शिविर आएका थिए । 

यस्तै सगरमाथा आरोहणकै क्रममा मेसोडोनियाका बैसठ्ठी वर्षीय जेओर्जी पेटकोभको आइतबार अपराह्न १ः४५ बजे सगरमाथाको शिविर ३ देखि चार सय मिटरमाथि लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। 

१४ जनाको समूहमा गत चैत १३ गते उनी गाइड ट्रेकिङ एजेन्सी विशालनगर काठमाडौँबाट सगरमाथा क्षेत्र आएका थिए। उनको शब आजै हेलिकप्टरमार्फत त्रिवि शिक्षण अस्पताल काठमाडौं लगिएको प्रहरीले छ। रासस

प्रकाशित: ७ जेष्ठ २०७५ १२:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App