७ वैशाख २०८१ शुक्रबार
खेल

मेस्सीले रचे इतिहास, पाँचौं पटक जिते ‘गोल्डेन शु’ पुरस्कार

स्पेन– बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सीले पाँचौ पटक युरोपियन ‘गोल्डेन शु’ पुरस्कार हात पारेका छन्। बार्सिलोनाले स्पेनिस लिगअन्तर्गत आइतबार रातिको खेलमा रियल सोसिडाडलाई १–० ले हराएपछि मेस्सीलाई पाँचौ पटक ‘गोल्डेन शु’ पुरस्कार प्रदान गरिएको हो। 

मेस्सीले २०१७–०१८ को स्पेनिस लिगमा ३४ गोल गर्दै ६८ अंक हासिल गरेका छन्।

मेस्सीसँगै यो पुरस्कारको दौडमा लिभरपुलका मोहम्मद सलाह र टोटेनहम हटस्परका हैरी काने पनि थिए। सलाहको ३२ गोलबाट ६४ अंक थियो भने हैरीको ३० गोलबाट ६० अंक। अंकका आधारमा दिइने यो पुरस्कारमा मेस्सीले सबैभन्दा बढी अंकसहित पाँचौ पटक बाजी मारे।

उनले यसअघि अघिल्लो वर्ष (२०१६–०१७) पनि ‘गोल्डेन शु’ पुरस्कार जितेका थिए। यसका अलावा २००९–१०, २०११–१२ र २०१२–१३ को सिजनमा पनि यो पुरस्कार आफ्नो नाममा कायम गरेका थिए। मेस्सी एकमात्र यस्ता खेलाडी हुन जसले ५ पटक ‘गोल्डेन शु’ पुरस्कार जिते।

प्रकाशित: ७ जेष्ठ २०७५ ११:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App