८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

भारतमा विषाक्त मदिरा सेवन गर्दा १२ जनाको मृत्यु

तस्विर : एजेन्सी

 नयाँ दिल्ली - भारतको कानपुरमा विषाक्त मदिरा सेवन गर्दा १२ जनाको मृत्यु भएको छ । भने कयौं बिरामी परेका छन् ।

मदिरा सेवनबाट धेरै मानिसको मृत्यु भएपछि प्रहरीले मदिरा बिक्री गर्ने एक जनालाई पक्राउ गरेको छ।यसैबीच कानपुर सरकारले मृतकका परिवारलाई दुई/दुई लाख रुपैयाँका दरले क्षतिपूर्ति दिने घोषणा गरेको छ।

कानपुरका अधिकांश मदिरा पसलमा विषाक्त मदिरा बेचेको पाइएकाले थप अनुसन्धान भइरहेको जनाइएको छ ।भारतका विभिन्न जिल्लामा विषाक्त मदिरा सेवनका कारण वर्षेनी कयौंको ज्यान जाने गरेको छ।

प्रकाशित: ७ जेष्ठ २०७५ ०५:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App