७ वैशाख २०८१ शुक्रबार
समाज

निजामती दिवस पाँच दिन

काठमाडौं- 'सेवामैत्री प्रशासन–संघीयतामा सुशासन' भन्ने मूल नारासहित निजामती कर्मचारीले पाँच दिनसम्म सेवा दिवस मनाउँदै छन्। केन्द्र, क्षेत्र र जिल्लामा कार्यक्रम गरी भदौ १७ देखि २२ सम्म दिवस मनाउन मुख्यसचिव सोमलाल सुवेदीको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ।

दिवस मनाउन पाँचै विकास क्षेत्रमा क्षेत्रीय प्रशासकको संयोजकत्वमा, ७५ जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा निजामती सेवा दिवस कार्यक्रम संयोजन समिति गठन भएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। सबै जिल्लामा प्रजिअले जिल्लास्थित कार्यालय प्रमुखसँग अन्तरक्रिया गरी कार्यक्रम मनाउन मूल समारोह समितिले अधिकार दिएको छ।

'राजनीति र प्रशासनबीचको अन्तःसम्बन्ध' विषयमा अन्तरक्रिया, रक्तदान, काभ्रे जिल्लामा स्वास्थ्य शिविर, खेलकुद, बागमती सरसफाइ, प्रवचन तथा अन्तरक्रिया, वृक्षरोपण, सबै मन्त्रालय, विभाग र कार्यालय परिसरभित्र विशेष सरसफाइ कार्यक्रम सञ्चालन गरिने समिति सचिवालयले जनाएको छ। निजामती सेवाको औचित्य र महत्वका विषयमा छलफलसहित सरकारी सेवा प्रभावकारी, सेवामैत्री बनाउन अन्तरसंवाद कार्यक्रम सञ्चालन गर्ने बताइएको छ।

प्रकाशित: १६ भाद्र २०७३ ०२:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App