coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
विचार

तीर्थाटनले छचल्किएकोे राजनीति

भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदासमोदीले आफ्नो कार्यकालको तेस्रो भ्रमण नेपालमा पूरा गरेका छन् ।नेपाल–भारत सम्बन्धको इतिहासमा लगातार तीन पटक नेपालको औपचारिक तथा राजकीय भ्रमण गर्ने पहिलो भारतीय प्रम बनेका छन् उनी। मोदीलेदुई दिने यात्रा पूरा गरेरभारत फर्किए लगत्तै नेपाल र भारतमा समेत केही राजनीतिक तरंगछचल्किएका छन्।

स्मरणरहोस्,मोदीकोकरिब ४ वर्षअघि नेपालमा भएको पहिलो भ्रमणअत्यन्त लोकप्रिय एवंअविस्मरणीय रहेको थियो । त्यस भ्रमणलेमोदीलाई एकमनकारी, उच्च विचार, आत्मीय र असल मित्रका रूपमा नेपालीले मूल्यांकन गरेका थिए । विशेष गरेर त्यसबेला संसद्मा उनीबाट भएकोसम्बोधनले हरेक नेपालीको मन छोएको थियो। उनले नेपालीलाई गौरवबोध गराएका थिए । ‘ऋषि मन’को कुरा उठाएर पवित्रताको सन्देश दिएका थिए । नेपालीलाई दुःख पर्दा भारतीय पनि दुःखीहुने कुरा बताएर सुख–दुःखका साथीबनेका थिए । ‘पहाडी–जवानी’को कुरा उठाएर आर्थिक रूपमा पछाडि परेका नेपालीको दिन खुल्ने भरोसा दिलाएका थिए। 

मोदीको सुरक्षाको नाममा भारतीय सेना नेपाली भूमिमा ‘कमान्ड अथोरिटी’ लिएर घुम्नु ओली नेतृत्वको सरकारको सुरक्षाका सवालमा भारतको अविश्वास रहेको देखियो । यसबाट नेपालको सुरक्षा निकाय र सार्वभौमिकताप्रति गम्भीर प्रश्न खडा भएका छन्। 

सार्क सम्मेलनका अवसरमा भएको मोदीको दोस्रोभ्रमण भने केही पृथक्रह्यो ।काठमाडौँको ट्रमा सेन्टरबाट दिएको उनको अभिव्यक्तिले नेपालमा राजनीतिक ‘ट्रमा’निम्तायो । नयाँ संविधान निर्माणका क्रममा रहेका नेपालीलाई एक अनपेक्षित राजनीतिक झड्का दियो त्यस भाषणले। पहाड र तराईकानेपालीलाई हेर्ने दृष्टिकोणमा भिन्नता भएको मानसिकता देखाए। यसको तत्काल प्रतिविम्ब भारतका विदेश सचिव जयशंकरलाई नेपाल पठाएर कुनै एक समुदायले नरुचाएको भनिएको नयाँ संविधान जारी गर्नबाट रोक लगाउने प्रयत्न गरे । यसलगत्तै भूकम्पले थिलिएको नेपालीलाई अमानवीय नाकाबन्दी लगाएर दिनसक्ने दुःख–सास्ती दिए । नेपालीको दुःख भारतीयको पनि दुःख हो भनी संसद्मा दिएको अभिव्यक्ति बिर्सिए । नेपालको आन्तरिक राजनीतिक मामलामा प्रत्यक्ष प्रभाव पार्नखोजे । प्रथम भ्रमणमा कमाएको छवि भताभुंग पार्ने कामस्वयं मोदीलेदोस्रो भ्रमणपछिआफैँ गरे।

हालसालैको जनकपुरबाट सुरु भएको तेस्रो भ्रमणलाई तीर्थाटनभनेपनि दोस्रो भ्रमणपछि धुमलिएको राजनीतिक छवि सुधार्ने प्रयत्न मोदीले गरेको अनुमान लगाउन सकिन्छ ।शब्दको उच्चारण नगरेपनि नेपालमाथि लगाइएको नाकाबन्दी गलत भएको उनकोशारीरिक हाउभाउर प्रस्तुतिबाट बुझ्न सकिन्थ्यो । जानकी, पशुपतिनाथ र मुक्तिनाथको धार्मिक यात्राबाट विगतमा नेपाली नागरिकलाई हेर्ने विभाजित दृष्टिकोण बदलिएको सन्देश दिन खोजेका छन् । ‘रामायण सर्किट’को घोषणा गरेर धार्मिक पर्यटनको अभिवृद्धि हुनेमा विश्वास दिलाएका छन्। तरयस सर्किटभित्र लुकेका राजनीतिक अभीष्टलाई लिएर शंकाको घेरामा उनी परेका छन् । किनभने यही विषयलाईउठाएर भाजपाका सांसद कीर्तिझा आजादले बिहारका मुख्यमन्त्री नितीशकुमारसमेतलाई ट्याग गरेर जनकपुर भारतले फिर्ता लिएर माता सीतालाई आदर गरी मिथिला राज्य गठन गर्न मोदीलाई अनुरोध गरेको ट्विटबाटनेपालीको मन खिन्न भएको छ । प्रममोदीले नेपालीसँगको सम्बन्ध सुधार गर्ने सत्प्रयासमातुषारापात गर्ने प्रयत्न भएको छ ।यो संयोग हो वा भारतको आन्तरिक रणनीति यो समयकाल र परिस्थितिले बताउला पनि।

नेपालले उनको यस भ्रमणलाई राजकीयभ्रमण भन्यो तर यसलाई उनले तीर्थाटनको संज्ञा सार्वजनिक रूपमा दिएका छन् । यस यात्राबाट भारतमा समेत राजनीतिक तरंग उत्पन्न भएको छ । उनको मुक्तिनाथसमेतको यसभ्रमणबाट ८५ प्रतिशत हिन्दु धर्मावलम्बीरहेका कर्नाटक राज्यमा जारी विधान सभाको चुनावमा प्रभाव पार्ने कार्य भएको आरोप विपक्षी दलले उनमाथिलागाएका छन् । चुनावी आचारसंहितासमेत उल्लंघन गरेको आरोप लागाएका छन् ।
मादीलाई नागरिक अभिनन्दन गर्न हुन्छ÷हुँदैन भन्ने बहसबीच जनकपुर र काठमाडाँै दुवै ठाउँमा कार्यक्रम भए । नेपाल सरकारको निम्तोमा आएका विदेशी पाहुनाको अभिनन्दन प्रायः एक पटक हुने प्रचलन रहेकामा मोदीलाई भने दुईदिनमा दुईपटक भयो । जनकपुर र काठमाडाँैमा भएका अभिनन्दनप्रति फरक दृष्टिकोण रहे । प्रदेश २ का प्रायः नागरिकले यसलाई स्वाभाविक रूपमा लिए भनेकाठमाडाँैमा भएको अभिनन्दन जनभावना विपरीत भएको ठाने। जनकपुरको अभिनन्दन नागरिकस्तरकोदेखिएपनि त्यस कार्यक्रमबाट प्रदेश सरकार प्रमुखले राजनीतिकलाभ लिन खोजेको देखियोे । काठमाडाँैको अभिनन्दन भने सरकारी औपचारिकतामात्र पूरा गर्न खाजिएको रहेको देखियो ।
मोदी समय–काल बुझ्नसक्ने चतुर राजनीतिक खेलाडी हुन् भन्ने यथार्थ काठमाडौँनागरिक अभिनन्दनमा पनि देखियो । उनको भ्रमणलाई लिएर चिसोपना बोकेका राजधानीबासीलाई फकाउन, फुल्याउन र मख्ख पर्न कुनै तुष छोडेनन् मोदीले आफ्नो प्रत्युत्तर अभिनन्दन भाषणमा । नेपालका युवा पिँढीको प्रतिनिधित्व गर्ने सन्दीप लामीछाने ‘आईपीएल’मार्फत भारतसँग जोडिएको प्रसंगसमेत कोट्याउन भ्याए । उपत्यकाका तिनै सहरका कला–संस्कृति र सीपको मुक्तकण्ठले प्रशंसा गरेर उपत्यकावासीलाई फुरुंग पारे । लुम्बिनी भ्रमण गर्ने आफ्नो धोको आगामी भ्रमणमा पूरा गर्ने अभिलाषा राखेर चौथो भ्रमण गर्ने संकेतसमेत दिए । नेपाललाई ‘बौद्ध सर्किट’बाट भारतीय पर्यटनक्षेत्रसँग जोड्ने वाचा गरे।

तथापि २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले अभिनन्दन कार्यक्रममा दिएको अभिव्यक्ति विवादको घेरामा परेको छ । किनभने, उक्त अभिनन्दनमा राष्ट्रिय र कूटनीतिक मर्यादा नाघेर उनले बोल्न पुगे । मोदीसमेतलाई अप्ठ्यारोमा पार्ने कामसमेत तिनले गरे । नेपालको आन्तरिक मामलामा उनलाई तान्ने प्रयास गरे । लोकप्रियता बटुल्न नेपालीको शिर झुकाउने गरी पदीय हैसियत बिर्सिएर अभिव्यक्ति दिए । जनताद्वारा चुनिएर प्रदेश सरकारको नेतृत्व स्वयंबाट भएको र अल्पसंख्यक मुसलमान समुदायबाट प्रतिनिधित्व गरेको यथार्थत्यसबेला राउतले भुले। तथापिसार्वजनिक समारोहमा उठाइएको संविधानको सवालमा बोलेर विगतमा भएका गल्ती मोदीले दोहोर्याउन चाहेनन् । बरूत्यसक्षेत्रको ऐतिहासिक र धार्मिक महत्व, समृद्घि र सकारात्मक कुराहरूका बारेमा बोले । जनकपुरलाई अयोध्यासँग जोड्ने प्रथम बस यात्राको शुभारम्भ संयुक्तरूपमा नेपालका प्रम ओलीसँग गरेर धार्मिक पर्यटन विकासको बाटो खोले। 

यसपछि मोदीको मुक्तिनाथको यात्रामा स्थानीय वासिन्दासँगसेल्फीसमेत खिच्दै घुलमिल गरेको दृश्यबाट नेपालका पहाडी÷हिमाली समुदायसँगसमेत आत्मीय सम्बन्ध रहेको सन्देश दिए । पहाडीवर्गमा बिग्रिएको उनको छवि सपार्ने प्रयत्न गरे । यस समुदायबीच पनि लोकप्रिय भएको देखाए । मुक्तिनाथमा उनले गरेको पूजा–अर्चनार यसको महिमाको प्रत्यक्ष प्रसारण भारतीय च्यालनबाट भएर धार्मिक पर्यटनकोप्रवद्र्घनमा सहयोगी भूमिका निर्वाह गरियो । तर यो प्रसारण आलोचनाबाट मुक्त भने हुन सकेन । किनभने फोटो खिच्नसमेत निषेधित स्थानमा टिभीबाट प्रत्यक्ष प्रसारण हुनु मोदीको भ्रमणले घरेलु नियमलाई सम्मान नगरेको देखियो । अर्कातिर स्वदेशी सञ्चार माध्यमप्रति भएका विभेदपूर्ण व्यवहारले नेपाल सरकार अत्यधिक आलोचित बन्यो। 

मोदीको सुरक्षाको नाममा भारतीय सेना नेपाली भूमिमा ‘कमान्ड अथोरिटी’ लिएर घुम्नु ओली नेतृत्वको सरकारको सुरक्षाका सवालमा भारतको अविश्वास रहेको देखियो । यसबाट नेपालको सुरक्षा निकाय र सार्वभौमिकताप्रति गम्भीर प्रश्न खडा भएका छन् ।जनकपुर मन्दिरभित्र धार्मिक मर्यादा विपरीत भारतीय सेनाको प्रवेश आपत्तिजनक भएको ठानिएको छ ।सांसद पम्फा भुसालले संसद्मा यस विषयलाई लिएर ‘सुरक्षा दिन नसक्ने सरकारले पाहुनाकिन बोलाउनु प¥यो’ भनेर दिएको अभिव्यक्तिबाट सत्ताधारी दल भएपनि यस विवादबाट आफूअलग हुन खोजेको देखिएको छ।

सको दोष प्रमओलीमाथि थोपरिएको छ । जानकी मन्दिर परिसरमा ‘रामायण सर्किट’ उद्घाटनक्रममा नेपाली झण्डाको अपमानको विषय प्रदेश सरकार मात्र होइन, संघीय सरकार पनि उत्तिकै जिम्मेवार रहेको छ । नेपालको हितमा नरहेको भनेरअरुण–३कोशिलान्याससमेत विवादको चपेटामा परेको छ।

अन्त्यमा,
विवेकशील साझा पार्टीको परिसरमा रहेको ‘नाकाबन्दी भुलेका छैनौँ’ भन्ने ब्यानर बलपूर्वक उतार्ने कार्य ओली सरकारको असहिष्णुता तथा मोदीप्रतिको भक्तिभावको प्रदर्शन भएकोठानिएको छ । ओलीले नाकाबन्दीताका कमाएको राष्ट्रवादी छवि यसपालिमोदीको भ्रमणले धुमिल्याएको छ ।तर यो भ्रमण तीर्थाटनभनिए पनि घरेलु र नेपालकोराजनीतिमा अधिकतम फाइदा मोदीले बटुलेकोे अनुमान लगाउन सकिन्छ । नेपाली र मोदीबीच रहेको चिसोपना सुध्रने बाटोसमेत यस भ्रमणबाट खुलेको छ।

प्रकाशित: ७ जेष्ठ २०७५ ०३:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App