चेन्नई पाँच विकेटले विजयी, पञ्जाब प्लेअफमा पुग्न असफल

सोमबार, ०७ जेठ २०७५, ०८ : ४२ नागरिक

0


काठाडमाैं- इण्डियन प्रिमियर लिगमा चेन्नई सुपरकिंग्सले किंग्स इलेभेल पञ्जाबविरुद्ध जित हासिल गरेको छ। हारसँगै प्लेअफमा पुग्ने पञ्जाबकाे सम्भावना सकिएकाे छ। आइतबार राति भएको खेलमा पञ्जाबलाई ५ विकेटले हराउँदै चेन्नई विजयी भएको हो। पञ्जाबले दिएको १५४ रनको लक्ष्य चेन्नईले ५ बल अगावै पूरा गर्यो । 

चेन्नईको लागि सुरेश रैनाले सर्वाधिक ६१ रन बनाए भने दिपक चाहले ३९ रन बनाए। पञ्जाबका लागि अंकित राजपुत र रविचन्द्रण आश्विनले दुई दुई विकेट लिए । 

यसअघि महाराष्ट्र क्रिकेट एशोसियसन स्टेडियममा टस हारेर व्याटिङकाे निम्तो पाएको पञ्जाब १९.४ ओभरमा सबै विकेट गुमाउँदै १५३ रनमा समेटियो। प्लेअफमा प्रवेशको लक्ष्यसहित मैदानमा उत्रिएको पञ्जाबको व्याटिङ चेन्नईविरुद्ध खराब रह्यो।

करुण नायरले २६ बलमा ३ चौका र ५ छक्कासहित ५४ रन, मनोज तिवारीले ३ चौका र १ छक्कासहित ३५ तथा डेभिड मिल्लर २४ र अक्षर पटेलले १४ रन बनाउनु बाहेक पञ्जाबका अन्य व्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। आश गरिएका केएल राहुल ७ तथा क्रिश गेल शून्यमा आउट भए।  

बलिङतर्फ लुंगी नगिदीले पञ्जाबका ४ विकेट लिए।

 







यसमा तपाईको मत

अन्य समाचार

Mbps र MBps को भिन्नता

Mbps र MBps को भिन्नता

इन्टरनेट स्पिड र फाइलको साइजको विषयमा Mb र MB को प्रयोग गर्दा प्रविधिको ज्ञान नभएका धेरै व्यक्तिहरु झुक्किने गर्दछन् |

घरेलु उपकरणका लागि वास्तु

घरेलु उपकरणका लागि वास्तु

घरमा कुन विद्युतीय उपकरण कता र कसरी राख्ने भन्ने कुरामा पनि विशेष ध्यान दिनुपर्छ । ...

कस्तो गिजर किन्ने ? - गिजर खरिद गाइड

कस्तो गिजर किन्ने ? - गिजर खरिद गाइड

जाडो महिना नजिकिँदै गर्दा गिजर खरिद गर्न चाहनेको संख्या पनि बढ्दै जान्छ । तर राम्रोसँग नबुझी गिजर खरिद गरेमा आफैलाई...

वानप्लस सिक्स टि को यस्तो छ नेपाली बजार मूल्य

वानप्लस सिक्स टि को यस्तो छ नेपाली बजार मूल्य

दराजको वेबसाइटबाट उपलब्ध हुने ...

एप्पलले आइफोन X र आइफोन ८ / ८+ लाई पनि स्लो गर्दै

एप्पलले आइफोन X र आइफोन ८ / ८+ लाई पनि स्लो गर्दै

एप्पलका अनुसार यस फिचरले प्रयोगकर्ताको आइफोनलाई स्लो बनाएर ब्याट्रीको बचत गर्छ र पुरानो ब्याट्री भएको आइफोनलाई आफै बन्द हुन बाट...

वाननप्लस सिक्स टि - डिस्प्ले भित्रै फिंगरप्रिन्ट स्क्यानर

वाननप्लस सिक्स टि - डिस्प्ले भित्रै फिंगरप्रिन्ट स्क्यानर

वानप्लसले ६-६ महिनाको अन्तरालमा नयाँ फ्ल्याग्शिप स्मार्टफोन रिलिज गर्दै आइरहेको छ | ...

एप्पलको नयाँ आइप्याड प्रो, म्याकबुक एअर र म्याक मिनी

एप्पलको नयाँ आइप्याड प्रो, म्याकबुक एअर र म्याक मिनी

एप्पलले गत राती भएको इभेन्टमा नयाँ आइप्याड, म्याकबुक एअर र अपडेट गरिएको म्याक मिनीको बारेमा जानकारी दिएको छ । ...

एक साता मै ९० लाखवटा आइफोन Xr बिक्री

एक साता मै ९० लाखवटा आइफोन Xr बिक्री

विश्लेषकका अनुसार अझै धेरै बिक्री हुनुपर्ने थियो । ...