५ वैशाख २०८१ बुधबार
राजनीति

वडाध्यक्षको घर अगाडि बम विस्फोट, २ घाइते

दमक– झापाको दमक नगरपालिका वडा नं. ७ का अध्यक्ष भीमप्रसाद पौडेलको घर अगाडि बम विष्फोट भएको छ। 

आइतबार राति ९ बजेतिर दमक–६ स्थित उनको घर अगाडि बम विस्फोट भएको हो। विस्फोटमा परी तत्कालै २ जना घाइते फेला परेको प्रहरीले जनाएको छ। घाइतेले सेमु राई र त्रिलोचन पोखरेलको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले घटनाको विषयमा अहिले केही भन्न नमिल्ने र घाइते भएका व्यक्ति कहाँको र कसरी त्यहाँ आइपुगे भन्ने विषयमा अनुसन्धान थालेको बताएको छ। 

दमक–७ को सुनलाइनमा रहेको नगरपालिकाको जग्गामा निर्माण गरिएको घरटहरा भत्काउँदा उनीमाथि दबाब आएको थियो। सोही कारणले उनलाई निशाना बनाएको हुनसक्ने प्रहरीको आशंका छ।

प्रकाशित: ६ जेष्ठ २०७५ १६:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App