coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

ओली सरकार टिकाउन सबै प्रयत्न गर्छौ: उपाध्यक्ष ज्ञवाली

पर्वत-नेकपा एमाले उपाध्यक्ष युवराज ज्ञवालीले वर्तमान सरकार टिकाउन सबै उपाय अवलम्बन गर्ने बताएका छन्। संसदमा प्रस्तुत बजेट पास भएपछि सरकार परिवर्तन हुने कुरा हावादारी भन्दै उनले ०७४ माघसम्म अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार टिकाउन सबै प्रयत्न गर्ने बताए।  
‘बाहिर बजेट आएपछि सरकार परिवर्तन हुन्छ भन्ने हावा फैलाइएको छ, त्यो हुनैसक्दैन’ प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा ज्ञवालीले भने–‘यो सरकारको आयु भनेकै ०७४ माघ हो, त्यसका लागि सबै उपाय अपनाउँछौ।’ उनले ०७४ माघसम्ममा स्थानीय निकाय, प्रदेश र संसदीय निर्वाचन पुरा भएपछि मात्रै नयाँ सरकार बन्ने दाबी गरे।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग एमालेको कुनै भद्र सहमति नभएको उनले बताए। माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि रातारात दाहाललाई फकाउन भद्रसहमति त भएकै हो नी भन्ने पत्रकारको जिज्ञासामा उनले भने–‘सरकार परिवर्तन गर्न कुनै भद्र सहमति नै भएको छैन, त्यस्ता कुरा छोड्नुस्।’
उनले सरकारको नेतृत्व गर्न दाहालले बाहिर हुदैनभएको सहमतिको कुरा गरेको बताए। ‘प्रचण्डले सरकारमा गएर आफै नेतृत्व गर्ने लोभमा त्यस्ता कुरा गरेका हुन’ प्रचण्डले त भद्र सहमति भएको कुरा बाहिर ल्याएका छन नी भन्ने प्रश्नको जवाफमा ज्ञवालीले भने–‘प्रचण्डको बोलीको ठेगान नै छैन, उनले जे पनि भन्छन्।’
उनले कांग्रेस सरकारमा सहभागी भएमा एमाले हदैसम्मको लचिलो बन्ने बताए। ‘कांग्रेस सरकारमा आउँछ भने रोजेका मन्त्रालय दिन तयार छौ’ उनले भने–‘दलहरु मिलेर जानुको विकल्प छैन ।’ उनले मंसिर महिनाभित्र स्थानीय निकायको निर्वाचन सम्पन्न हुने दाबी गरे।
सरकारले छिट्टै निर्वाचनको मिति घोषणा गर्ने र त्यसलाई कांग्रेसले अस्वीकार गर्न नसक्ने बताए। ‘कांग्रेसले लोकतान्त्रिक ब्यवस्थामा निर्वाचन बहिष्कार गर्छ भने को सहभागी हुन्छ र ?, त्यसैले आफुलाई लोकतान्त्रिक बताउने पार्टी निर्वाचनमा आउँछ, आउँछ’ उनले भने।

 

प्रकाशित: ८ असार २०७३ १०:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App