नेकपा केन्द्रीय कमिटीमा तत्कालीन एमालेबाट ४२ जनाकाे टुङ्गो

आइतबार, ०६ जेठ २०७५, १४ : ३४ नागरिक

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीमा तत्कालीन नेकपा (एमाले)का तर्फबाट ४२ जना थप सदस्यको नाम टुंगो लागेको छ।

नेकपाका अध्यक्ष केपी शर्मा ओली र सचिवालय सदस्य माधवकुमार नेपालले थप केन्द्रीय सदस्यको नाम टुंगो लगाएको बुझिएको छ। केन्द्रीय सदस्यमा टुंगो लागेकामा खगराज अधिकारी, गोकुल बाँस्कोटा, महेश बस्नेत, विष्णु रिजाल, नरुलाल चौधरी, डोरमणि पौडेल, तीलकुमार मेन्याङ्बो, राजेन्द्र गौतम, आनन्द पोखरेल, कैलाश ढुंगेल, गुरुप्रसाद बराल, डा. युवराज खतिवडा, बलराम बाँस्कोटा, केशवलाल श्रेष्ठ, रामेश्वर फुयाँल, कृष्ण राई, वसन्त मानन्धर र नीरज आचार्य छन्।

त्यसैगरी दयालबहादुर शाही, रवीन्द्र अधिकारी (नवलपुर), विनोद ढकाल, महेश रेग्मी, भानुभक्त जोशी, गौरी ओली, समिम मियाँ अन्सारी, प्रमोदनारायण यादव, दिलकुमारी पन्त, लीला भण्डारी, अइन्द्रसुन्दर नेम्वाङ, साध्यबहादुर भण्डारी, चन्द्रबहादुर शाही, देवेन्द्र दाहाल, अच्युत मैनाली, देवी ज्ञवाली, रामेश्वर राना मगर र नरेश खरेल छन्।

त्यस्तै विनोद श्रेष्ठ, श्रीनाथ रावल, गोविन्दविक्रम शाह, शारदा सुवेदी, लक्ष्मण ज्ञवाली र एकबहादुर रानाको नाम टुङ्गो लगाइएको बताइएको छ।

नवगठित नेकपा केन्द्रीय कमिटीमा चार सय ४१ सदस्यमा तत्कालीन एमालेबाट २४१ र माओवादी केन्द्रबाट २०० सदस्य रहने सहमति भएको थियो। बाँकी सदस्यको नाम केही दिनमा टुङ्गो लाग्ने तर औपचारिक रुपमा सार्वजनिक गर्न बाँकी भएको नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले बताए।

तत्कालीन एमाले स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीमा थप्ने सदस्यको नाम टुंग्याउने जिम्मा अध्यक्ष ओली र वरिष्ठ नेता नेपाललाई दिएकोे थियो। नवौंँ महाधिवेशनमा केन्द्रीय सदस्यमा हारेका, लामो समय दलको विभिन्न निकायमा बसेर काम गरेका, विभिन्न विभागका सचिव र युवा नेतालाई केन्द्रीय कमिटीका थप सदस्यमा प्राथमिकता दिइएको छ। तत्कालीन एमालेबाट ४१ केन्द्रीय सदस्य थपिनुपर्नेमा ४५ जनाको नाम तय भए पनि औपचारिक रुपमा ४५ जनाको नाम सार्वजनिक हुन बाँकी छ । रासस








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad