coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

विद्यार्थी मृत अवस्थामा फेला

धनुषा – जनकपुरमा एक विद्यार्थी मृत अवस्थामा फेला परेका छन्। जनकपुरको भानुचोकस्थित मिथिला मन्टेश्वरी बोर्डिङ स्कूलमा कक्षा १० मा अध्ययनरत १६ वर्षीय धीरेन्द्र साह विद्यालयमै झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ।

जनकपुर उपमहानगरपालिका–१५ कुवारामपुर बस्ने रुपनारायण साहका छोरा धीरेन्द्र त्यस बोर्डिङ स्कूलमा होस्टेलमै बस्ने गरेका थिए। गएराति होस्टेलको ग्रिलमा गम्छा बाँधेर झुण्डिएको अवस्थामा उनका साथीहरुले देखेपछि विद्यालय प्रशासनलाई जानकारी गराएका थिए।

धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले घटनास्थलबाट बरामद सामान प्रहरीले नियन्त्रण लिएर प्रकृति मुचुल्का उठाई शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पताल पठाइएको बताए।  प्रउ थपिलियाले घटना रहस्यमय भएको बताउँदै शव परीक्षणको प्रतिवेदनपछि मात्र हत्या वा आत्महत्याबारे भन्न सकिने बताए।  

यसैबीच मिथिला मन्टेश्वरी स्कूलमा विद्यार्थीको रहस्यमय मृत्यु भएपछि प्याब्सन धनुषा, एनप्याब्सन धनुषा र मधेश प्याब्सन धनुषाले आज एक दिने शोक बिदा घोषणा गरेको छ।   (रासस)

प्रकाशित: ६ जेष्ठ २०७५ ०६:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App