७ वैशाख २०८१ शुक्रबार
समाज

सगरमाथा आरोहणमा कमि, ३ सय ४६ ले लिए अनुमति

सगरमाथा आधार शिविरबाट हिमालतर्फ जाँदै आरोही। तस्बिरः राधा/नागरिक

सोलुखुम्बु – यो वर्ष सगरमाथा आरोहणका लागि ३ सय ४६ जनाले अनुमती लिएका छन्। जसमा १ भन्दा बढिले सगरमाथा आरोहण गरीसकेका छन् भने अझै अधिकांश आरोहीहरू आरोहणका लागि आधार शिविर, क्याम्प, १, २, ३, ४ हुँदै चुचुरोतिर लागेका छन्।

केही आरोहीहरू आधार शिविरमा छन् भने केही क्याम्प १ हुँदै आरोहण सुरु गरिसकेका छन्। ल्होत्से, नुप्त्से र सगरमाथा आरोहणका लागि आधार शिविर संयुक्त प्रयोग हुन्छ। तीन हिमालका लागि ५१ समूहमा ४ सय ९३ आरोहीले सगरमाथा प्रदूषण तथा नियन्त्रण समिति (एसपिसिसि) नाम्चेबजारबाट अनुमती लिइ उकालो लागिसकेका छन्।

३८ आरोहण दलका ३ सय ४६ जनाले सगरमाथा आरोहणका लागि अनुमति लिइसकेको सगरमाथा प्रदूषण तथा नियन्त्रण समिति (एसपिसिसि) का कार्यक्रम अधिकृत कपिन्द्र राईले बताए। अनुमति लिने मध्ये १ सय ५० भन्दा बढिले सगरमाथाको आरोहण गरिसकेका छन्। त्यस्तै, १० आरोहण दलमा १ सय ७ जना ल्होत्से हिमाल आरोहणका लागि अनुमति लिएर सगरमाथा आधार शिविरतर्फ उकालो लागेका छन्। नुप्त्से हिमाल आरोहणका लागि ३ आरोहण दलका ४० जनाले अनुमति लिएका छन्। एउटा आरोहण दलमा १ देखि १५ जनासम्मले अनुमति लिन पाउँछन्।

अघिल्लो वर्ष ५७ वटा आरोहण दलले सगरमाथा, ल्होत्से, नुप्त्से हिमाल आरोहणको अनुमति लिएका थिए। जसमा ४२ वटा आरोहण दलले सगरमाथा, १२ वटा आरोहण दलले ल्होत्से र ३ वटा दलले नुप्त्से हिमाल आरोहणको अनुमति लिएका थिए। सगरमाथा, ल्होत्से, नुप्त्से हिमाल आरोहण गर्न आएका पर्यटकहरू ठूला हिमाल आरोहण गर्नु अघि तयारी स्वरुप साना हिमाल अर्थात पिकहरू आरोहण गर्ने गर्दछन्।

पर्यटकहरू अल्टीच्युट लिन र अभ्यासका लागि साना पिकहरूको आरोहण गर्ने गर्दछन्। आरोहणको अहिले मध्य सिजन भएकाले आरोहीहरू धमाधम आधार हुँदै उकालो लागेका छन्। यस वर्षको सगरमाथा आरोहण जेठ ३० गतेबाट सुरु गरिएको हो। यो सिजनमा हिमाल आरोहणको उपयुक्त मौसम मानिने भएकाले विदेशी तथा स्वदेशी पर्यटकहरू सगरमाथा, ल्होत्से, नुप्त्से हिमाल आरोहणका लागि खुम्बु क्षेत्र आउने गरेका छन्।

आरोहण मे महिनाको अन्तीमसम्म खुल्ला हुँन्छ। यो सिजनमा पनि अब मे २९ गतेबाट आरोहण बन्द हुन्छ। मौसमका कारण आरोहणका लागी जोखिम हुने भएकाले मे २९ पछि सगरमाथाको भर्याङ झिकिने सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपिसिसि)ले जनाएको छ। विश्वको सर्वाेच्च शिखर सगरमाथा सहित अन्य दुई हिमालका लागि समेत एउटै प्रयोग हुँदै आएको आधार शिविर आरोहणको समयमा भरिभराउ हुने गर्दछ।

हिमाल आरोहण सुरु नभए पनि आफ्ना आरोहीलाइ व्यबस्थित रुपमा राख्नका लागि क्याम्प खडा गर्न एक्सपिडिशन कम्पनीहरूलाइ भ्याइनभ्याइ हुने गर्दछ। सगरमाथा, ल्होत्से र नुप्त्से हिमाल आरोहणका लागि ५ हजार तीन सय ६४ मिटरको उचाइमा रहेको एउटै आधार शिविर साझा रुपमा प्रयोग गर्ने गरिएको छ। तीन वटै हिमालको आधार शिविर एउटै भएकाले पनि आरोहणको मौसममा पाइला आधार शिविर रमाईलो हुने गरेको सरकारका सम्पर्क अधिकृतको रुपमा खटिएका ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए।

प्रकाशित: ६ जेष्ठ २०७५ ०६:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App