‘जान्ह्वी भविष्यकी स्टार’

आइतबार, ०६ जेठ २०७५, ०८ : १८ एजेन्सी

243


मुम्बई – अमेरिकामा बस्दै आएका नेपाली फेसन डिजाइनर प्रबल गुरुङ हलिउडका सेलिब्रेटीका रोजाइका डिजाइनर हुन्। उनको डिजाइनमा पूर्व अमेरिकी प्रथम महिला मिसेल ओबामादेखि हलिउडका चलेका सेलिब्रेटीहरु सजिएका छन्।

उनै प्रबलको डिजाइनका बारेमा थाहा पाएकी नायिका जान्ह्वी कपुर हालै उनको सोरुममा पुगेकी थिइन् । आफ्नो सो रुममा श्रीदेवी पुत्री जान्ह्वीलाई भेटेपछि उनीसँग तस्बिर खिचाएर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । उनले तस्बिर पोष्ट मात्र गरेनन्, जान्ह्वीलाई भविष्यको ‘स्टार’ पनि भनिदिए।

‘तपाई अनुमान लगाउनुहोस्, सोरुमले कसलाई रोक्यो ? भविष्य । तपार्इंहरु यो नाम जान्ह्वी कपुर सम्झिनुहुन्छ । जान्ह्वी तिमीलाई सबै खुसी, आनन्द र सफलता मिलोस् । तिमी जमिनमा पाइला राखेरै चन्द्रमामा पुगेकी छौं,’ प्रबलले ट्वीटरमा तस्बिर राखेर ट्वीट गरेका छन्।

जान्ह्वीले पनि प्रबलसँगको भेटप्रति खुसी व्यक्त गर्दै इन्स्टाग्राममा फोटो शेयर गरेकी छन् । ‘प्रबल गुरुङसँग घरमा नै भेट भए जस्तो लागेको छ । म यो कुरा भनिरहँदा म कति कृतज्ञ छु,’ उनले इन्स्टाग्राममा लेखेकी छन्।

बलिउड निर्माता बोनी कपुर र दिवंगत अभिनेत्री श्रीदेवीकी जेठी सन्तान जान्ह्वीले करण जोहरको ब्यानरमा निर्मित फिल्म ‘धडक’मार्फत बलिउडमा डेब्यु गर्दैछन् । आगामी जुलाई ६ मा रिलिज हुने फिल्ममा उनको अपोजिटमा साहिद कपुरका भाइ इसान खट्टर छन्।

दुबईको होटलमा आमाको निधन हुँदा जान्ह्वी ‘धडक’कै सुटिङमा व्यस्त थिइन् । आमाको काम सकेपछि मात्र उनी सुटिङमा फर्किन् । बोनी, जान्ह्वी र उनकी बहिनी खुसीले हालै मात्र आमाले पाएको ‘उत्कृष्ट अभिनेत्री’को राष्ट्रिय अवार्ड लिएका थिए।

न्युर्योकमा बस्दै आएका प्रबलको डिजाइनमा हालै मात्र बलिउड अभिनेत्री दीपिका पादुकोण, हलिउड अभिनेत्री डियानी क्रुगेर, एइजा गोन्जालेज, हेली स्टेनफिल्डलगायतले शरीर सजाइसकेका छन्।







यसमा तपाईको मत

अन्य समाचार

Mbps र MBps को भिन्नता

Mbps र MBps को भिन्नता

इन्टरनेट स्पिड र फाइलको साइजको विषयमा Mb र MB को प्रयोग गर्दा प्रविधिको ज्ञान नभएका धेरै व्यक्तिहरु झुक्किने गर्दछन् |

घरेलु उपकरणका लागि वास्तु

घरेलु उपकरणका लागि वास्तु

घरमा कुन विद्युतीय उपकरण कता र कसरी राख्ने भन्ने कुरामा पनि विशेष ध्यान दिनुपर्छ । ...

कस्तो गिजर किन्ने ? - गिजर खरिद गाइड

कस्तो गिजर किन्ने ? - गिजर खरिद गाइड

जाडो महिना नजिकिँदै गर्दा गिजर खरिद गर्न चाहनेको संख्या पनि बढ्दै जान्छ । तर राम्रोसँग नबुझी गिजर खरिद गरेमा आफैलाई...

वानप्लस सिक्स टि को यस्तो छ नेपाली बजार मूल्य

वानप्लस सिक्स टि को यस्तो छ नेपाली बजार मूल्य

दराजको वेबसाइटबाट उपलब्ध हुने ...

एप्पलले आइफोन X र आइफोन ८ / ८+ लाई पनि स्लो गर्दै

एप्पलले आइफोन X र आइफोन ८ / ८+ लाई पनि स्लो गर्दै

एप्पलका अनुसार यस फिचरले प्रयोगकर्ताको आइफोनलाई स्लो बनाएर ब्याट्रीको बचत गर्छ र पुरानो ब्याट्री भएको आइफोनलाई आफै बन्द हुन बाट...

वाननप्लस सिक्स टि - डिस्प्ले भित्रै फिंगरप्रिन्ट स्क्यानर

वाननप्लस सिक्स टि - डिस्प्ले भित्रै फिंगरप्रिन्ट स्क्यानर

वानप्लसले ६-६ महिनाको अन्तरालमा नयाँ फ्ल्याग्शिप स्मार्टफोन रिलिज गर्दै आइरहेको छ | ...

एप्पलको नयाँ आइप्याड प्रो, म्याकबुक एअर र म्याक मिनी

एप्पलको नयाँ आइप्याड प्रो, म्याकबुक एअर र म्याक मिनी

एप्पलले गत राती भएको इभेन्टमा नयाँ आइप्याड, म्याकबुक एअर र अपडेट गरिएको म्याक मिनीको बारेमा जानकारी दिएको छ । ...

एक साता मै ९० लाखवटा आइफोन Xr बिक्री

एक साता मै ९० लाखवटा आइफोन Xr बिक्री

विश्लेषकका अनुसार अझै धेरै बिक्री हुनुपर्ने थियो । ...