coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चरेशसहित २ महिला पक्राउ

मकवानपुर – हेटौंडामा १० किलो लागूऔषध चरेशसहित दुई महिला पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी चौकीटोलको संयुक्त प्रहरी टोलीले वीरगन्ज महानगरपालिका–१६ का ५५ वर्षीया उमादेवी पटेल र ३५ वर्षीया आशादेवी पटेललाई चरेशसहित पक्राउ गरेको हो।

त्रिभुवन राजपथको पालुङबाट हेटौंडा आउँदै गरेको बा ३ ख २८३१ नम्बरको बसमा रहेका उनीहरूको साथबाट शुक्रबार लागूऔषध चरेश बरामद भएको प्रहरीले जनाएको छ।

उनीहरूको शरीर खानतलासी गर्दा कपडाको थैली बनाइ कम्मर र तिघ्रामा लुकाएर ल्याएको अवस्थामा चरेश बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक एवम् प्रवक्ता दिलिपराज झाले जानकारी दिए।

प्रकाशित: ६ जेष्ठ २०७५ ०१:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App