बलात्कार गरी बालिका हत्या गर्नेलाई ५२ वर्ष कैद

आइतबार, ०६ जेठ २०७५, ०६ : ४३ मदन ठाकुर

रौतहट – बलात्कार गरी बालिकाको हत्या गर्ने एक युवकलाई रौतहट जिल्ला अदालतले ५२ वर्ष जेल सजाय सुनाएको छ । न्यायाधीश प्रकाश श्रेष्ठको इजलासले रौतहटको कटहरिया नगरपालिका–१, हर्षाहाका ३० वर्षीय बालकिशोर चौरसियाविरुद्ध ५२ वर्ष कैद सजायको फैसला गरेको हो । रौतहट जिल्ला अदालतले सबैभन्दा बढी लामो समयको कैद फैसला गरेको यो सम्भवतः पहिलो घटना भएको बताइन्छ।

बालिका अपहरण तथा शरीर बन्धक मुद्दामा १७ वर्ष कैद र दुई लाख रुपैयाँ जरिवाना, जबरजस्ती करणी मुद्दामा १५ वर्ष कैद तथा कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित २० वर्ष कैद गरी चौरसियालाई ५२ वर्ष जेल सजाय सुनाइएको जिल्ला अदालत रौतहटले जनाएको छ।

बालिका अपहरण तथा शरीर बन्धक मुद्दामा १७ वर्ष कैद र दुई लाख रुपैयाँ जरिवाना, जबरजस्ती करणी मुद्दामा १५ वर्ष कैद तथा कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित २० वर्ष कैद गरी चौरसियालाई ५२ वर्ष जेल सजाय सुनाइएको जिल्ला अदालत रौतहटले जनाएको छ।

चौरसियाले गत २०७३ भदौ १० गते राति मौलापुर नगरपालिकाको मर्यादपुरस्थित आफ्नै घरमा सुतिरहेकी ६ वर्षीया बालिकालाई अपहरण गरी लालबकैया नदी किनारमा लगेर बलात्कारपछि हत्या गरेका थिए । उनले हातखुट्टा भाँची बालिकालाई नदीमा फालेका थिए।

चौरसिया पेशेवर बलात्कारी र हत्यारा भएको पुष्टि भएको अदालतले जनाएको छ । चौरसियाविरुद्ध अपहरण, बलात्कार र हत्याका अन्य मुद्दा पनि अदालतमा विचराधीन रहेको अदालत स्रोतले जानकारी दिएको छ । २०७३ असार २७ गते पनि मर्यादपुर गाविस–१, लालबकैया नदी किनारमा ७ वर्षीया एक बालिकाको शव फेला परेको थियो । ती बालिकालाई पनि चौरसियाले नै बलात्कारपछि हत्या गरेको मुद्दा परेको छ।

यसअघि २०७१ पुस २३ गते १७ वटा चोरीका साइकलसहित पक्राउ परेका चौरसियालाई जिल्ला अदालत रौतहटले डेढ वर्ष कैद सजाय गरेको थियो । गौर कारागारमा डेढ वर्ष सजाय भुक्तान गरी २०७३ जेठमा रिहा भएका चौरसिया रिहा भएलगत्तै बालिका अपहरण, शरीर बन्धक, बलात्कार र हत्याजस्ता गम्भीर प्रकृतिका अपराधमा संलग्न भएका थिए । गम्भीर प्रकृतिका अपराध गरेका कारण चौरसियालाई कानुनबमोजिम कारबाही गरिएको रौतहट जिल्ला अदालतका न्यायाधीश प्रकाश श्रेष्ठले सञ्चारकर्मीलाई जानकारी गराए।








यसमा तपाईको मत

अन्य समाचार

टर्कीपीडितलाई ९७ लाख क्षतिपूर्ति

टर्कीपीडितलाई ९७ लाख क्षतिपूर्ति

काम नपाएपछि टर्कीबाट फर्केका व्यक्तिले ९७ लाख ९० हजार नौ सय ५७ रुपैयाँ क्षतिपूर्ति पाउने भएका छन् । ...

हिमालयन आर्ट फेस्टिभलमा उत्तम नेपाली कला उस्ताद

हिमालयन आर्ट फेस्टिभलमा उत्तम नेपाली कला उस्ताद

नेपालको समकालीन नेपाली कलालाई विश्व बजारमा प्रवद्र्धन गर्ने उद्देश्यसहित सन् २०१० मा स्थापना भएको इ–आर्टस् नेपालले स्थानीय कलाकार र कलामार्फत...

स्टक क्लियरेन्स मेलामा घुइँचो

स्टक क्लियरेन्स मेलामा घुइँचो

राजधानीको भृकुटीण्डपमा जारी स्टक क्लियरेन्स मेला शनिबार ३१ हजारले अवलोकन गरेका छन् । ...

भृकुटीमण्डपमा यार्न तथा टेक्साइल मेला

भृकुटीमण्डपमा यार्न तथा टेक्साइल मेला

नेपाल धागो उत्पादक संघले नेपालमा दोस्रोपटक स्वदेशी लगाऔं, स्वदेशी बनौं नाराका साथ टेक्सटाइल एक्स्पो २०१९ राजधानीको भृकुटीमण्डपमा आयोजना गरेको छ...

एनआइसी एसियाका न्यौपानेलाई प्रबल जनसेवाश्री

एनआइसी एसियाका न्यौपानेलाई प्रबल जनसेवाश्री

एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका दिन प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) द्वारा...

ग्लोबल आइएमई बैंकद्वारा वृक्षरोपण

ग्लोबल आइएमई बैंकद्वारा वृक्षरोपण

ग्लोबल आइएमई बैंकले संविधान दिवसको अवसरमा वृक्षरोपण गरेको जनाएको छ । ...

कामना सेवाको सरसफाइ अभियान

कामना सेवाको सरसफाइ अभियान

कामना सेवा विकास बैंकले संविधान दिवसको अवसरमा बैंकका देशभर रहेका शाखा कार्यालयमार्पmत सरसफाइ अभियान चलाएको जनाएको छ । ...

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

Ncell Footer Ad