८ वैशाख २०८१ शनिबार
समाज

नर्सिङ पढाइका लागि चेपाङ छात्रालाई सहयोग

चितवन – धादिङमा सीमान्तकृत चेपाङ समुदायकी एक छात्रालाई नर्सिङ पढ्न आर्थिक सहयोग गरिएको छ । जिल्लाको जोगिमारा निवासी नर्सिङ पढ्दै गरेकी सरिता चेपाङलाई अष्ट्रेलियास्थित चितवन समाज, भिक्टोरियाले ८० हजार रुपैयाँ सहयोग गरेको हो।

हरेक वर्ष ८० हजार उपलब्ध गराउने संस्थाको प्रतिबद्धता गरेअनुसार सरितालाई तेस्रोपटक सहयोग उपलब्ध गराइएको समाजका अध्यक्ष सोमप्रसाद गुरुङले जानकारी दिए।

भरतपुर अस्पतालको नर्सिङ कार्यक्रममा पूर्ण छात्रवृत्तिमा नाम निकाले पनि अध्ययन पूरा गर्न लाग्ने आवास, शैक्षिक तथा प्रयोगात्मक सामग्री लगायतमा लाग्ने खर्चका लागि सहयोग गरिएको उनले बताए । तीन चरणमा गरी समाजले सरितालाई २ लाख ४० हजार रुपैयाँ सहयोग गरिसकेको छ।

सरितालाई संरक्षण दिइरहेको संस्था ‘हामीले नगरे कसले गर्ने ?’ मार्फत् समाजले सहयोग गर्दै आएको छ । जोगीमाराको राष्ट्रिय प्राथमिक विद्यालयबाट २०७१ सालको ७४.१३ प्रतिशत अंक ल्याएर सरिताले एसएलसी पास गरेकी थिइन्।

प्रविणता प्रमाणपत्र तहअन्तर्गत नर्सिङ तेस्रो वर्षमा अध्ययनरत सरिताले पहिलो र दोस्रो वार्षिक परीक्षामा प्रथम भएकी छिन् । घरको आर्थिक अवस्था कमजोर भए पनि नर्स बन्ने आफ्नो सपना साकार पार्न सहयोग पाउँदा खुसी लागेको सरिताले बताइन्।

प्रकाशित: ६ जेष्ठ २०७५ ००:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App