६ वैशाख २०८१ बिहीबार
समाज

महिला गस्तीले टोलमा शान्ति र सुरक्षा

मकवानपुर – महिलाले रात्रि गस्ती गर्न थालेपछि यहाँका दुई टोलमा शान्ति, सुरक्षा बढ्दै गएको छ । पूर्व–पश्चिम राजमार्ग नजिकै रहेको हेटौंडा उपमहानगरपालिका–९, पशुपतिनगरमा महिलाले दुई महिनादेखि रात्रि गर्दै आएका छन्। महिलाले रात्रि गस्ती गर्न थालेपछि टोलमा शान्ति सुरक्षा बढेको स्थानीय बासिन्दाले बताएका छन्।

स्थानीय ३५–३६ जना महिला लाठी लिएर राति–राति टोल घुम्ने गरिएको स्थानीय बुद्धिमाया ब्लोनले बताइन् । उनीहरूले राति ८ बजेपछि स्थानीय होटल बन्द गर्ने गरेका छन् । यसरी महिला सक्रिय भएपछि जाँडरक्सी खाएर श्रीमान्–श्रमतीबीच हुने झै–झगडा, गाउँमा चोरी हुनेजस्ता घटना घट्दै गएको स्थानीय बासिन्दाले बताएका छन्।

लागूऔषध दुर्व्यसनी र महिला हिंसाको अखडा बन्दै गएको हेटौंडा उपमहानगरपालिकाको पशुपतिनगरमा महिला गस्तीका कारण आजकल यस्ता विकृति निक्कै घटेको छ।

लागूऔषध दुर्व्यसनी र महिला हिंसाको अखडा बन्दै गएको हेटौंडा उपमहानगरपालिकाको पशुपतिनगरमा महिला गस्तीका कारण आजकल यस्ता विकृति निक्कै घटेको स्थानीय राजकुमार गौतमको भनाइ छ।

‘टोलमा धेरै युवा दुव्र्यसनी थिए, प्रायः दिनहुँ झगडा हुन्थ्यो,’ आमा समुहकी अध्यक्ष कल्पना थापा मगरले भनिन्, ‘यस्ता विकृति बढ्दै जान थालेपछि जोखिम मोलेरै भए पनि स्थानीय महिला मिलेर रात्रि गस्ती गर्न थालेका हौं ।’ महिलाले गस्ती गरेको देखेर सुरुका दिनमा हासोमा उडाउने पुरुषहरू पनि अहिले सहयोगी बन्न थलोको उनले बताइन् । अर्की स्थानीय सानु खड्काले पनि गस्ती अभियानले राम्रो नतिजा दिएपछि पुरुषहरुले पनि साथ दिन थालेको बताइन्।

‘घरेलु मदिरा उत्पादन गर्न रोक लगाएका छौं, ८ बजे नै होटल बन्द गरेपछि राती अबेरसम्म मद्यपान गर्न पनि बन्द भएको छ,’ आमा समूहकी अध्यक्ष थापा मगरले भनिन्, ‘महिलाले समूह बनाएर गस्ती गर्न थालेपछि श्रीमती पिट्ने घटना लगभग रोकिएको छ।’

यस बीचमा जाँडरक्सी खाएर श्रीमती कुट्ने पाँच पुरुषलाई नियन्त्रणमा लिएर महिलाले प्रहरीलाई बुझाइसकेका छन् । राती ८ बजेपछि आउने ग्राहकलाई मद्यपान मात्र हैन, खानेकुरासमेत नदिने नीति महिलाले लागू गराएका छन् । गस्ती गर्ने महिलाले ८ बजेपछि होटल बन्द नगर्नेलाई जरिवानासमेत गर्ने गरेका छन्।

महिलाको अभियानलाई प्रहरी, नागरिक समाज र स्थानीय जनप्रतिनिधिहरूले समेत साथ दिन थालेको सामुदायिक सेवा केन्द्र मकवानपुरका अध्यक्ष राम विष्टले बताए । हेटौंडा उपमहानगरपालिका ९ नम्बर वडाध्यक्ष लक्ष्मण अर्यालले महिलाको रात्रि गस्तीका कारण राति टोल सुरक्षा बढेको भएको बताए । यसअघि साँझ ७ बजेपछि सडकमा हिँड्नसमेत खतरा थियो । तर अहिले निक्कै सुरक्षा बढेको अर्यालको भनाइ छ।

प्रकाशित: ६ जेष्ठ २०७५ ००:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App