७ वैशाख २०८१ शुक्रबार
समाज

स्वास्थ्य जागरण अभियान सम्पन्न

काठमाडौ – बुढानीलकण्ठ नगरपालिका वडा नं. १० ले स्वास्थ जागरण अभियान सुरु गरेको छ । घरघरमा स्वास्थ्य सेवा नारा दिइएको अभियानको शनिबार कपनको बालुवाखानीमा एक कार्यक्रमकाबीच सुरुवात गरिएको छ।

कार्यक्रमको शिक्षा मन्त्री गिरीराजमणी पोखरेलले शुरुवात गरेका थिए । वडाले जेठ महिनालाई स्वास्थ्य जागरण अभियानका रूपमा मनाउने निर्णय गर्दै विभिन्न ठाउँमा स्वास्थ्य सचेतना सम्बन्धि कार्यक्रम आयोजना गरिरहेको छ।

शनिबार कपन बालुवाखानीमा जनचेतना कार्यक्रम आयोजना गरिएको र प्रत्येक शनिबार वडाका विभिन्न ठाउँमा यस्ता कार्यक्रम आयोजना गरिने वडा अध्यक्ष नवराज भट्टराइले जानकारी दिए । शनिबार वडा भित्रका नागरिकको निशुल्क स्वास्थ्य परिक्षण गरिएको थियो।

वडाले हाल योग सम्बन्धी कार्यक्रम नियमित रुपमा सञ्चालन गर्दै आएको छ । एक महिनाको अवधिमा वडाका बासिन्दालाई कसरी स्वस्थ रहने भन्ने बारेमा जनचेताना कार्यक्रम आयोजना गरिने जानकारी दिए।

प्रकाशित: ६ जेष्ठ २०७५ ००:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App