coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

जिल्ला प्रशासनमा निःशुल्क चियादेखि औषधिसम्म

रसुवा – जिल्ला प्रशासन कार्यालय रसुवामा आउने सेवाग्राहीलाई नियमित सेवाका अतिरिक्त विशेष सेवाहरू दिन थालिएको छ।

सेवाग्राहीका लागि जिल्ला प्रशासन कार्यालयले फ्रि वाइफाई, सेनटरी प्याड, कालो चिया लगातयका सेवा उपलब्ध गराउन थालेको हो । सेवाग्राहीको सुविधा र स्वाथ्यलाई मध्यनजर गर्दै यस्ता सेवाहरू दिन सुरु गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिए।

‘कार्यालयमा आएका सेवाग्राहीको रुचिअनुसार कालो चिया, तातोपानी वा चिसोपानी निःशुल्क दिने व्यवस्था मिलाएका छौँ,’ प्रमुख जिल्ला अधिकारी पौडेलले भने, ‘यसले कार्यालय र सेवाग्राही बीच आत्मीयता बढ्ने छ ।’ कार्यालयले सेवाग्राहीका लागि फ्रि वाइफाइको समेत व्यवस्था मिलाएको छ । सेवाग्राहीको चाप रहेका बेला सेवाग्राहीलाई बस्न दिक्क नलागोस भनेर फ्रि वाइफाइको व्यवस्था मिलाइएको कार्यालयले जनाएकोे छ।

फ्रि वाइफाइका लागि नेपाल टेलिकमसँग उच्च गतिको इन्टरनेट सञ्चालनबारे नियमित सम्पर्क भइरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।

कार्यालयको महिला शौचालयमा स्यानेटरी प्याडको व्यवस्था गरिएको छ । सेवा लिन आएका महिनावारी भएका महिलालाई समस्या नहोस् भनेर शौचालयमा स्यानेटरी प्याडको व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

कार्यालयमा आएका सेवाग्राहीका लागि कार्यालयले प्राथमिक उपचार सेवासमेत सुरु गरेका छ । ‘प्राथमिक उपचारका लागि पेनकिलर, सिटामोल लगायतका औषधि व्यवस्था गरेका छौँ, प्रमुख जिल्ला अधिकारी पौडेलले भने, ‘अब सेवाग्राहीले सामान्य स्वास्थ्य समस्या आउँदा आत्तिन पर्दैन ।’ कार्यालयमा ब्रेष्ट फिडिङ र सूचना केन्द्र यसअघि नै सञ्चालन भइसकेका छन्।

प्रकाशित: ६ जेष्ठ २०७५ ००:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App