coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

कर्णाली प्रिमियर लिग : टीकापुर र रुपन्देही–११ शीर्ष स्थानमा

रुपन्देही–११ का सुरज दराई ब्याटिङ गर्दै । तस्बिर : नागरिक

सुर्खेत– रुस्लान कर्णाली प्रिमियर लिग अन्र्तगत शनिबारका खेलमा मध्यपश्चिम क्रिकेट क्लव, धनगढी क्रिकेट एकेडेमी र रुपन्देही–११ विजयी भएका छन्। पहिलो खेलमा मध्यपश्चिमले रोयल राइजिङलाई आठ विकेटले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ। टस हारेर ब्याटिङको निम्तो पाएको रोयलले १८.५ ओभरमा सबै विकेट गुमाएर ८७ रन बनाएको थियो। रोयलका लागि ओपनर प्रकाश जैशीले सर्वाधिक ३० रनको योगदान दिए भने खुशीराम बिकले १६ तथा दिवान पुनले १३ रन बनाए। मध्यपश्चिमका दीपेन्द्र रावत चार विकेट हात पारे। चार ओभर खेलेका उनले १५ रन खर्चिए। यस्तै सुनिल सुनारले तीन विकेट तथा भिम धमलाले दुई विकेट हात पारे। 

८८ रनको लक्ष्य पाएको मध्यपश्चिमले ९ ओभरमै दुई विकेट गुमाएर पूरा ग¥यो। ओपनर मनोज सुनारले अविजित अर्धशतक बनाउने क्रममा ५३ रन बनाए। २४ बल खेलेका उनले पाँच छक्का र चार चौका प्रहार गरे। यस्तै कप्तान सुवेन्दु पाण्डे र राजबीर सिंहले समान १४ रन बनाए।

दोश्रो खेलमा धनगढी क्रिकेट एकेडेमीले एबीसी स्पोट्र्स क्लवलाई ३२ रनले पराजित गरेको छ। धनगढीको यो लगातार तेश्रो जित हो। टस जितेर ब्याटिङ गरेको धनगढीले २० ओभरमा ९ विकेट गुमाएर १५३ रन बनाएको थियो। धनगढीका लागि ओपनर सुनिल धमलाले सर्वाधिक ४० रनको योगदान दिए। ३५ बल खेलेका उनले चार चौका प्रहार गरे। यस्तै बसन्त कार्कीले ३० रन बनाए भने लोकेश बमले २५ तथा कप्तान भुवन कार्कीले १५ रन बनाए। एबिसीका सुनिल मिश्रा, करन मल्ल र आकाश थापाले समान २–२ विकेट आफ्नो नाममा पारे। 

१५३ रनको लक्ष्य पछ्याएको एबीसीले १२१ रनमा सम्पूर्ण विकेट गुमायो। एबीसीका आयुष्मान बमले सर्वाधिक ३१ तथा महेश खत्रीले २१ रन योगदान दिए। अन्य ब्याट्म्यान टिक्न सकेनन्। धनगढीका बलर सुनिल धमला, बिक्रम ठगुन्ना र भुवन कार्कीले समान २–२ विकेट हात पारे। 

तेस्रो खेलमा रुपन्देही–११ ले विभागीय टीम त्रिभूवन आर्मी क्लवलाई चार विकेटले पराजित गरेको छ। टस जितेर ब्याटिङ गरेको त्रिभूवन आर्मी क्लवले २० ओभरमा ९ विकेट गुमाएर १५५ रनको योगफल तयार ग¥यो। आर्मीका भिम सार्कीले सर्वाधिक ४३, कप्तान बिनोद भण्डारीले ३२ तथा सागर पुनले २९ रन बनाए। सार्कीले ३० बलमा ४ चौका र २ छक्का तथा भण्डारीले १३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। रुपन्देहीका बलर कृष्ण कार्की र बशिर अहमदले समान ४–४ विकेट हात पारे। 

लक्ष्य पछ्याउने क्रममा रुपन्देहीले २.२ ओभरमा २४ रन बनाएर १ विकेट गुमाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो। आधा घण्टापछि सुरु भएको खेल प्याराबोला प्रणाली अनुसार रुपन्देहीलाई ११ ओभरमा ९३ रनको लक्ष्य दिईएको थियो।

२४–१ को अवस्थामा रहेको रुपन्देहीले ५२ रनको स्कोरमा ६ विकेट गुमाउँदा हारको नजिक पुगेको थियो। सातौँ नम्वरमा आएका सुरज दराईले आक्रामक ब्याटिङ गर्दै १६ बलमा चार छक्का र चार चौका प्रहार गर्दै टीमलाई जिताए। रुपन्देहीले छ बल अगावै लक्ष्य पूरा ग¥यो। सातौँ विकेटको लागि दराईले शक्ति गौचनसंग ४६ रनको साझेदारी गरेका थिए। 

समूह ‘ए’ मा रहेका टीकापुर क्रिकेट क्लव र रुपन्देही–११ दुई खेलमा समान २–२ जीतका साथ चार अंक बटुल्दै शीर्ष स्थानमा छन्। समूह ‘‘बि’ मा रहेको धनगढी तीन वटै खेल जितेर ६ अंकसहित शीर्ष स्थानमा कायमै छ। दुई खेलमा एक जितेको मध्यपश्चिम दुई अंक बटुल्दै दोस्रो स्थानमा छ।

प्रकाशित: ५ जेष्ठ २०७५ १५:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App