coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

‘सिरियल किलर’ चौरसियालाई ५२ वर्ष कैद

रौतहट– रौतहट जिल्ला अदालतले एक बलात्कारी युवकलाई ५२ वर्ष कैद सजाय सुनाएको छ। बालिकालाई अपहरण गरी शरीर बन्धक बनाएर बलात्कार गरी हत्या गरेको आरोपमा जिल्ला अदालत रौतहटका न्यायाधीश प्रकाश श्रेष्ठको इजलासले ५२ वर्ष कैद सजाय सुनाएको हो।

रौतहटको कटहरिया नगरपालिका १ हर्षाहाका ३० वर्षीय बालकिशोर चौरसियालाई रौतहट जिल्ला अदालतले बालिका अपहरण, शरीर बन्धक र हत्या मुदामा अलग अलग फैसला सुनाउँदै अपहरण तथा शरीर बन्धक मुदामा १७ वर्ष कैद र दुई लाख रुपैया जरिवाना, जबरजस्ती करणी मुदामा १५ वर्ष कैद तथा कर्तव्य ज्यान मुदामा सर्वस्वसहित २० वर्ष कैद गरी ५२ वर्ष जेल सजाय सुनाइएको छ। 

मौलापुर नगरपालिकाको मर्यादपुरबाट २०७३ भदौ १० गते राती मा ६ वर्षकी एक बालिकालाई राति सुतिरहेको अवस्थामा घरबाटै अपहरण गरी लालबकैया नदीको किनारमा लगी हातखुटा भाँचेर बलात्कार गरी नदीको पानीमा फालेको जघन्य अपराधमा अदालतले चौरसियालाई ५२ वर्ष कैद सजाय सुनाएको हो। रौतहट जिल्ला अदालतले सबैभन्दा बढी लामो समयको कैद सुनाएको यो सम्भवतः पहिलो घटना भएको हो।

चौरसिया सिरियल बलात्कारी र सिरियल किलर भएको पुष्टि भइसकेको छ। बालिकालाई सुतेकै अवस्थामा अपहरण गर्ने र हातखुटा भाँचेर बलात्कार गरी पानीमा फाल्ने गरेको अन्य मुदा पनि अदालतमा विचाराधीन रहेको छ। 

चौरसियाले मर्यादपुरकै मुखिया थरकी ६ वर्षकी एक बालिकालाई पनि राति सुतिरहेको समयमा अपहरण गरी बलात्कार पश्चात हत्या गरेर पानीमा फालेको थियो। यसै गरी असार २७ गते मर्यादपुर  गाविस १ लाल बकैया नदी किनारमा पनि ७ बर्षको बालिकाको शव फेला परेको थियो। ती बालिकालाई पनि चौरसियाले बलात्कार गरी मारेर खोलामा फालेको प्रहरी समक्ष स्वीकार गरेका थिए।
यसअघि २०७१ पुस २३ गते १७ वटा चोरीको साइकलसहित पक्राउ परेका चौरसियालाई जिल्ला अदालत रौतहटले डेढ बर्ष कैद सजाय गरेको थियो। गौर कारागारमा डेढ वर्ष सजाय भुक्तान गरी २०७३ जेठमा रिहा भएका चौरसिया रिहा भएलगत्तै बालिका अपहरण, शरीर बन्धक, बलात्कार र हत्याजस्ता गम्भीर प्रकृतिको अपराध गर्न थालेका थिए।

गम्भीर प्रकृतिको अपराध गरेको कारण कानून बमोजिम कारबाही गरिएको रौतहट जिल्ला अदालतका न्यायाधीश प्रकाश श्रेष्ठले जानकारी गराएका छन्। नेपालमै नमूना अपराधीको रुपमा देखिएकोले कानुनअनुसारको सजाय तोकिएको श्रेष्ठले बताए।

प्रकाशित: ५ जेष्ठ २०७५ १५:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App