१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अाबुधावीमा निर्माणाधीन भवनमा आगलागी, सयौं कामदारले भागेर ज्यान बचाए

दुबई– संयुक्त अरब इमिरेट्सको राजधानी आबुधावीमा एक २८ तले विशाल भवनमा आगलागी हुँदा त्यहाँ कार्यरत सयौँ कामदार भागेर ज्यान बचाउन सफल भएकाे त्यहाँका स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।

गएराती भएकाे उक्त आगलागीका कारण कसैको मृत्यु भएको खबर भने प्राप्त भएको छैन ।

गगनचुम्बी भवनमा आगलागी भएपछि सयौँ कामदार भागेर ज्यान बचाउन सफल भएका थिए भने दमकल तथा हेलिकोप्टर भवनभित्र बाँकी रहेका कामदारलाई उद्धार गर्ने कार्यमा तत्कालै जुटेका युएइबाट प्रकाशन हुने दैनिक पत्रिका द नेशनलले बताएको छ।

भवनको सबै भागमा मजदुरका समूहहरु आफ्नो काममा व्यस्त रहेका त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।

भवनको अधिकांश काम सकिएको अवस्थामा यहाँ कार्यरत मजदुरले भवनको फिनिसिङ गर्दै थिए।

प्रकाशित: १५ भाद्र २०७३ १०:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App